Amargadhi Post

डडेल्धुरा काँगेस भित्रको बिबाद चुलिदै ः एक पक्ष वडा अधिबेशनलाई बैद्यता दिदै अर्काे पक्ष भने अबैध भएको घोषणा गर्दे

मानबहादुर साँउद
डडेल्धुरा,भदौ,२९, गते । नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन अन्र्तगत भएको वडा अधिबेशनको बिबाद चुलिदै गएको छ ।
नेपाली काँगेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लको समुहले सदश्यता बिबादलाई लिएर वडा अधिबेशन स्थगीत गरेको थियो भने उता सभापतिका उम्मेदवार भीमबहादुर साँउद समूहले चुनाबमा भाग लिएर वडा अधिबेशन र क्षेत्रिय पतिनिधी चयन गरि सम्पन्न गरेको छ ।
सभापति मल्ल समुहले वडा अधिबेशनलाई बैधता दिन नसकिने र पुरानो कमिटिहरु यथावत रहेको जिकिर गर्दे आएका छन भने उता साँउद समुहले भने वडा अधिबेशन बैधानिकता रहेको र फेरी चुनाबको हल्ला गर्नु किमार्थ रामो नहुने बताउदै आएका छन ।
निर्बाचन समितिले गरेको निर्बाचनलाई बैधता नदिई अनि कसलाई बैधता दिने त साँउदले पश्न गर्दे भने यो वाईयात हो पधानमन्त्री देउवाको जिल्लामा देउवालाई कमजोर बनाउने खेल भईरहेको बताउनुभयो ।
उहाँले आज पत्रकार सम्मेलन गर्दे अधिकाँस क्षेत्रका वडा अधिबेशन सर्बसम्मत रुपमा भएका र केही वडाहरुमा चुनाब मार्फत नेतृत्व र पतिनिधी छनौट भएर आएका छन यसलाई कसरी अबैध भन्ने । देउवा फेरी पार्टि सभापति लडने उदघोष गरेपछि देउवालाई बिबादित बनाउन पौडले समुह जिल्लाभित्र पनि छिरिसकेको संकेत साँउदले गर्नुभयो । शान्तिपुर्ण र लोकतान्त्रिक बिधी पक्रिया अनुसार चुनाब सम्पन्न भएको छ पार्टि सभापति मल्ल सहित केही साथीहरुले चुनाबबाट डराएर रोक्ने पयास गरिरहेको साँउदको आरोप छ ।

चुनाबबाट भग्नुपर्ने अबस्था आउनु दुखद भएको भन्दै आफुले पटक पटक आगह गर्दा समेत बेवास्ता गरेपछि वडा अधिबेशनहरु निर्बाचन समितिको कार्यतालिका अनुसार नै भएको बताउनुभयो । उता कर्ण मल्ल समुहले भने अधिबेशनका नाममा एकलौटी र निरकुसता लादने पयास भएको र पार्टि र वडा सभापतिहरुले सदश्यता बिबादको टुइगो नलाग्दा सम्म अधिबेशन रोक्नुपर्ने भनिएपनि यस्तो अबस्थामा भएको निर्बाचनलाई स्विकार गर्न नसकिने बताएको छ ।
सुरक्षाको घेराभित्र भएको निर्बाचन र सदश्यता बिबादलाई समाधान नगरिकन भएको निर्बाचनलाई कुनै हालतमा पनि स्विकार गर्न नसकिने मल्लको भनाई छ । निर्बाचनको नाटकका बिरुद्ध सर्बाेच्चमा उजुरी दिने तयारी भईरहेको भन्दै मल्लले पार्टिका पुर्बवत वडा कमिटिहरु हाललाई यथावत नै राखिने बताउनुभएको छ । मल्ल समुहमा पार्टि उपसभापति करुणाकर भटट,सभापतिका अर्का उम्मेदवार एबम महासमिति सदश्य हरिपशाद भटट,पुर्ब सचिब लोकराज भटट,अमरगढी नगरपालिकाका पुर्ब नगर पमुख मोहनराज पाठक लगायतका नेताहरु रहेका छन भने उता साँउद समुहमा पुर्ब जिबिस सभापति रघुबर भटट, महासमिति सदश्य गोबिन्द बोहरा,नेबिसंघका पुर्ब अध्यक्ष नैनसिह महर,काँगेस डडेल्धुरा सचिबद्धय हेमराज चटौत,लक्ष्मी अबस्थी,जिल्ला समन्वय समितिका पमुख गणेशराज भटट लगायतका नेताहरु रहेका छन । यसैगरी पधानमन्त्री एबम काँगेस सभापति शेरबहादुर देउवा र महिला नेत्री आरजु देउवा राणाको साथ र समर्थन भने साँउदलाई रहेको छ । सो समूहले विज्ञप्ति नै जारी गरी भनेको छ, ‘सदस्यता छानविन समितिले टुङ्ग्याएका क्रियाशील सदस्यलाई अवैधानिक भन्नु र केन्द्रीय सभापति आदरणीय शेरबहादुर देउवाको हस्तक्षेपमा अधिवेशन गरिएको भन्नु खेदजनक छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘केन्द्रीय निर्णयको अवज्ञा गर्दै सतप्रतिशत भन्दा बढी भएका सदस्यता अवैधानिक वितरण गर्नु, स्थानीय तहमा विद्रोही उम्मेद्वार भएकोमा पार्टीले कारबाही गरेका सदस्यको नविकरण गरी केन्द्रलाई आफैं सिफारिस पठाउने र त्यसै विषयलाई आधार बनाई सदस्यता काटिएको भनि बखेडा झिकेर अधिवेशनमा भाग लिन्न भन्नु पछाडिको नियत केन्द्रीय सभापति शेरबहादुर देउवालाई बदनाम गराई उहाँलाई कमजोर बनाउन कसैले प्रयोग गरेको कुरा लुकाएर लुक्दैन।’ यस्तै सम्पन्न भएका वडा अधिवेशन पूर्ण वैधानिक भएको भन्दै आगामी असोज ९ गतेदेखि सुरु हुने अन्य तहका अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा क्षेत्रिय प्रतिनिधिलाई १५ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।