Amargadhi Post

बाढीपिडितहरुको उद्धारमा जुटौं ः प्रधानमन्त्री देउवा

क्षतिको बिबरण एकिन गर्न स्थानीय पशासनलाई निर्देशन

लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक,४ गते । बाढी पहिरोले पु¥याएको क्षतिको निरीक्षण गर्न सुदुरपश्चिमका बिभिन्न जिल्ला भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफनो गृह जिल्ला डडेल्धुरा पुग्नु भएको छ । सुदुरपश्चिममा बाढी पहिरोबाट ठुलो धनजनको क्षती भएपछि भमणमा निस्कनु भएका प्रधानमन्त्री देउवाले जिल्लाका स्थानीय जनपतिनिधी र स्थानीय पशासनलाई बाढीपिडितहरुको उद्धारमा कुनै कसर बाकी नराख्न निर्देशन दिएका छन ।


लगातार दुई दिन देखिको वर्षाका कारण सुदुरपश्चिमको पहाडी सात जिल्ला जोडने सडक खण्ड भीमदत्त राजमार्गको साहुखर्क देखि बुडर बजार सम्म झण्डै १८ ठाँउमा पहिरो गएर सडक अबरुद्ध भएपछि हेलिकोप्टरबाट निरिक्षण गर्नुभएको थियो ।
बाढी पहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड निरीक्षणपछि गृह जिल्ला डडेल्धुरा आइपुगेका प्रधानमन्त्री देउवाले अबरुद्ध राजमार्ग र स्थानीय गामिण सडक यथासिघ्र सुचारु गर्न स्थानीय पशासनलाई निर्देशन दिईएको छ । जिल्ला सदरमुकाम लगायत गामिण बस्तीका सडक,सिचाई खानेपानी, जनधनको क्षती र घर जग्गामा भएको क्षतीको उचित मुल्याकन गरि गृह मन्त्रालयलाई बिबरण पठाउन समेत स्थानीय पशासनलाई देउवाले निर्देशन दिनुभएको छ ।


सदरमुकाम नजिकै रहेको अमगरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा यहाँका जनप्रतिनिधिसँग ब्रिफिङ लिएपछि उनी जोगबुढाको अवस्था अवलोकन गर्ने जाने कार्यक्रम रहेको पमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभएको छ ।


आइतबारबाट परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ भने २४ जना अझै बेपत्ता रहेको र बाढीपहिरोमा परेर १६ जना घाइते भएको पहरीको तथ्यांकमा उल्लेख छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।