Amargadhi Post

बाढीले पानीको मुहान बगाएपछि डडेल्धुरा सदरमुकाममा खानेपानीको हाहाकार

लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक,६ गते । गतसाता परेको अबिरल बर्षाका कारण बाढीले पानीको मुहान बगाएपछि डडेल्धुरा सदरमुकाममा खानेपानीको हाहाकार भएको छ । डडेल्धुरा सदरमुकाम आउने पानीको मुहान नै बगाएपछि पाँच दिन देखि जिल्ला सदरमुकाममा पानीको हैरानी खेप्नु परेको छ ।
खंलगा खानेपानी उपभोक्ता समिति डडेल्धुराले बाढीका कारण पानीको मुहानमा ठुलो क्षती पु¥याएको भन्दै स्थानीय सुरक्षा निकायको सहयोगमा पुर्ननिर्माण गरिरहेको भएपनि अझै एक दुई लाग्ने जनाएको छ । सदरमुकाममा खानेपानीको हाहाकार मच्चिएपछि होटल,पसल देखि स्थानीयहरुलाई निकै सास्ती भोग्नु परिरहेको स्थानीयबासी दिवाकर पन्तले बताउनुभयो ।
जिल्ला सदरमुकामका होटल पसलहरुले पानी टयाङकरबाट पानी आपुर्ति गरिरहेका छन भने स्थानीयहरुले नगरभित्रका धारा पधेराको फोहर पानी पिउन बाध्य भएका छन ।
पानी अभाबका कारण कतिपय होटलहरु बन्द अबस्थामा पुगेका छन भने कतिपय सदरमुकाममा डेरा गरि बस्ने कर्मचारी,बिद्यार्थि,ब्यपारीहरु महङगो मुल्य तिरेर होटल खान बाध्य भएका छन

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।