Amargadhi Post

पत्रकारले व्यावसायिकतालाई आत्मासाथ गर्नुपर्छ ः पूर्वमन्त्री थापा

अमरगढी पोष्ट समाचार

डडेलधुरा । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पूर्व मन्त्री कर्ण बहादुर थापाले पत्रकारले आफ्नो व्यवसायीकतालाई सधैँ आत्मसाथ गर्नुपर्ने बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीको डडेलधुरामा भएको प्रथम रणनीतिक भेलामा बोल्दै नेता थापाले पत्रकारले जुनसुकै अवस्थामा पनि व्यावसायिकतालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो ूतपाईहरु व्यसायिकतालाई कहिल्यै कम्प्रमाईजु नगर्नुस्, “यसका लागि हामी तपाईँलाई सहयोग गर्न तयार छौँ ।”

देशको संविधान र कानूनले दिएको अधिकार प्रयोग गरी पत्रकारहरू पनि विभिन्न सङ्गठनमा आबद्ध हुने अधिकार भएको भन्दै नेता थापाले तर काममा सत्यता र तथ्य बिगार्ने काम गर्न नहुने बताउनुभयो । तपाईँ सङ्गठनमा पनि हुनुहुन्छ, पत्रकारितामा पनि हुनुहुन्छ, यस अर्थमा तपाईँको दोहोरो जिम्मेवारी छ । यो जिम्मेवारी निष्पक्ष रुपमा निर्वाह गर्नुपर्छ ।

पछिल्लो समय कम्युनिस्टमाथि विश्व पुँजीवाद लागिरहेको उहाँको आरोप छ ।

एमालेले अनावश्यक विवादको चरण अन्त्य गरी अघि बढी रहेको दाबी गर्दै थप लोकप्रियताका साथ अघि बढिरहेको उहाँको भनाइ छ ।निजी स्वार्थका कारण पटक पटक कम्युनिस्ट आन्दोलन र एमालेमाथि आक्रमण हुने गरेको भन्दै आफ्नै नेताहरूका कारण यसो भएको उहाँको भनाइ छ ।

प्रदेश कमिटी संयोजक कृष्ण ओलीको अध्यक्षतामा भएको भेलामा सुदूरपश्चिमका ९ वटै जिल्लाका पत्रकारहरूको सहभागिता रहेको छ । भेलाबाट नयाँ नेतृत्व चयन हुने प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटी सहसंयोजक करन ताम्राकारले जानकारी दिनुभयो।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।