Amargadhi Post

सरकारी कार्यालयका सुचना अधिकारी कामकाजी हुन नसकेको संचारकर्मीहरुको गुनासो

लक्ष्मी ऐर
डडेल्धुरा,फागुन, ५ गते । जिल्लाका सरकारी कार्यालयका अधिकास सुचना अधिकारीहरु कामकाजी हुन नसकेको गुनासो संचारकर्मीहरुले गरेका छन ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराको अगुवा्ईमा सरकारी कार्यालयका सुचना अधिकारी र संचारकर्मीहरुका बिचमा भएको अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले सुचनाको हक कार्यान्वयमा प्रभाबकारी हुन नसकेको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार महासंघ डडेल्धुराका निर्बतमान अध्यक्ष मानबहादुर साँउदले सरकारी कार्यालयहरुमा सुचना अधिकारी तोकिएको भएपनि आबश्यक सुचना माग गर्दा समेत पाउन निकै समस्या भएको बताउनुभयो ।
सरकारी कार्यालयका वेइभसाईडहरु अपडेट अबस्थामा नभएका र पत्रकारहरुले सुचनाको हक माग गर्दा समेत कार्यालयहरुले आलटाल गरिरहेको गुनासो साँउदले गर्नुभयो ।
सुचनाको हकको प्रभाबकारी कार्यान्वयन हुन नसकेको भन्दै निर्बतमान अध्यक्ष साँउदले प्रमुख जिल्ला अधिकारी ज्युको प्रयासको उच्च प्रसंसा गर्दे सुचना अधिकारीलाई सुचनाको हक कार्यान्वयन र कार्यालयका वेइभसाईडहरु अपडेट अबस्थामा राख्नका लागी आबश्यक भुमिका खेल्न आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदश्य उत्तर बिष्ट र जिल्ला अध्यक्ष हिक्मत सिहले पनि सुचनाको हकको प्रभाबकारी कार्यान्वयन हुन नसकीरहेको गुनासो गर्नुभएको थियो ।
अन्र्तक्रिया कार्यक्रममै जिल्ला निर्वाचन कार्यालय डडेल्धुरा,भेटनरी अस्पताल,कृर्षि ज्ञान केन्द्र लगायतका कार्यालयका सुचना अधिकारीहरुले आफुहरुले गरेका कामहरुलाई मौखिक रुपमा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जोशीले सुचनाको हक कार्यान्वयलाई प्रभाबकारी बनाउन हरेक महिनाको ४ गते सुचना अधिकारी र संचारकर्मीहरुका बिचमा नियमित अन्र्तक्रिया कार्यक्रम राख्ने निर्णय भएको बताउनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।