Amargadhi Post

नेपाली काँग्रेस बिपी समाजबादको डडेल्धुरा संयोजकमा हमाल

लक्ष्मी ऐर
डडेल्धुरा,फागुन, ६ गते । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श बनाएको पार्टी नेपाली काँग्रेस (विपी)डडेल्धुराको संयोजकमा काँग्रेसका युबा नेता तिलक हमालले जिम्मेवारी पाएका छन ।
जिल्ला सदरमुकाम डडेल्धुरामा भएको एक कार्यक्रममा हमाललाई संयोजकको जिम्मेवारी दिइएको हो ।
नेपाली काँग्रेस विपीका केन्द्रीय उपसभापति बिष्णुप्रसाद ढकालले हमाललाई संयोजकको जिम्मेवारी दिएका हुन । जिल्लामा छिट्टै कार्य समिती विस्तार गर्ने हमालको भनाइ छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला रहेको डडेल्धुरामा पछिल्लो समय काँग्रेस भित्र विवाद देखिदै आएको छ । गुट–उपगुटमा विभाजन भएको डडेल्धुरा काँग्रेस अन्ततः फुटको संघारमा पुगेको हो । काँग्रेसको १४ औं महाधिवेशनमा समेत देउवाले गृहजिल्लामा एकलौटी रूपमा निर्वाचन गराएको आरोप लाग्दै आएको छ ।
सोही कारण पूर्व जिल्ला सभापति कर्ण मल्ल पक्षधर अझै पनि रूष्ट छ । हमाल नेपाली काँग्रेस डडेल्धुराका पूर्व जिल्ला कार्य समिति सदस्य हुन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।