काठमाडौं, बैशाख २८ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफू निर्दोष रहेको भन्दै तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको समेत नाम पोल्नुभएको छ ।
म्याद थपका लागि आज अदालत लगिनुअघि जिल्ला सरकारी वकिलको कार्यालयमा खाणले आफूमाथि लागेका आरोपहरु अस्वीकार गदै प्रधानमन्त्रीको नाम नोट गर्न भन्नुभएको हो । खाणले आफूलाई विनाकारण प्रहरीले समातेको गुनासो गर्दै कोही पनि मान्छे अमेरिका नगएकाले ठगी भएको भन्न नमिल्ने तर्क पनि गर्नुभएको छ ।
खाणले यसरी अड्डी लिएपछि प्रहरीले हिजो पक्राउ गरेका दुई बिचौलिया ९रामशरण केसी र गोविन्द चौधरी० लाई उहाँको अगाडि उभ्याएको थियो । उनीहरुलाई ‘तिमीहरुले पैसा कसलाई दिएका हौ रु’ भनेर प्रहरीले सोधेका थिए ।
दुवैले जवाफ दिए, ‘हामीले जसलाई पैसा दिएका थियौं, उनीहरुले मन्त्रीलाई, गृहमन्त्रीलाई, प्रधानमन्त्रीलाई बुझाउनुपर्छ भनेका थिए ।’ बिचौलियाको यस्तो जवाफपछि खाणले हौसिदै भन्नुभयो, ‘सुन्नुभयो नि १ गृहमन्त्रीमात्र होइन, प्रधानमन्त्री पनि भन्दै हुनुहुन्छ उहाँहरु । नोट गर्नुस् है, यो पनि ।’ खाण गृहमन्त्री हुँदा देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो ।
