Amargadhi Post

सुदूरपश्चिम प्रदेशमा एमाले प्रथम अधिवेशनको तयारी तीब्र

0 31

मानबहादुर साँउद
डडेल्धुरा,असोज,१५ गते । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको प्रथम अधिवेशनको तयारी तीव्र पारिएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीको असोज तेस्रो साता हुने प्रथम अधिवेशनका लागि सोमबार सबै जिल्लामा प्रतिनिधि छनौट भईरहेका छन ।

एमाले प्रदेश कमिटीको निर्णय अनुसार असोज २१ र २२ गते हुने अधिवेशनका लागि सुदूरपश्चिमका ८८ वटा स्थानीय तहबाट एक साथ प्रतिनिधि छनौट हुन लागेका छन्। सुदूरपश्चिममा एमालेका ५३ हजार बढी संगठित सदस्य छन्।

ती सदस्यले चुन्ने ६ सय बढी प्रतिनिधिले एमाले प्रदेशको आगामी नेतृत्व चयन गर्ने छन । नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले यसअघि सबै कार्यकर्तालाई अधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका छन ।

एमालेको सुदूरपश्चिम प्रदेश नेतृत्वका लागि कञ्चनपुरका बचन बहादुर सिंह, अछामका कृष्ण जैसी, बाजुराका लालबहादुर थापा र कैलालीका झपटबहादुर रावल आकाँक्षी देखिएका छन् ।

उनीहरुमध्ये कञ्चनपुरका सिहं र अछामका जैसीबीच अन्तिममा प्रतिस्पर्धा हुने एमाले नेताहरु बताउँछन् । बाजुराका थापा केन्द्रीय सदस्य भएकाले उनी उम्मेदवार हुनेरनहुने अझै निश्चित भइसकेको छैन् । अधिबेशका प्रतिनिधीहरु छनौट भएपछि भोलीबाट उम्मेदवारहरुको चर्चा हुनेछ । अधिबेशनलाई सर्बसम्मत नेतृत्व चयनका लागी प्रयास भएपनि अन्तिममा चुनाब हुने निश्चित जस्तै देखिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।