Amargadhi Post

अधिवेशन उद्घाटनअघि पुनर्वास पुगे ओली, सहिद गौतमको सालिकमा माल्यार्पण

अमरगढी पोष्ट समाचार
कञ्चनपुर,असोज,२१ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन्। नेकपा एमाले सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटनका लागि अध्यक्ष ओली आइतबार बिहान धनगढी पुगेका हुन।

ओलीलाई धनगढी विमानस्थलमा यहाँका नेता कार्यकर्ताले स्वागत गरेका थिए। प्रदेश अधिवेशन उद्घाटन गर्नु ओली कञ्चनपुरको पुनर्वासस्थित सहित गोविन्द गौतमको स्मृति पार्कमा पुगेर सालिकमा माल्यार्पण गरेका छन्।

अध्यक्ष ओलीसंगै महासचिव शंकर पोखरेल लगायत एमालेका शीर्ष नेताहरु धनगढी आएका हुन। ओली प्रदेश अधिवेशन उद्घाटन गरेर आइतबार नै काठमाडौँ फर्किने कार्यक्रम छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।