Amargadhi Post

सुदूरपश्चिममै पहिलो पटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता

हरेन्द्र सांउद
धनगढी,कैलाली १५ गते । कैलालीको धनगढीमा सुदूरपश्चिममै पहिलो पटक फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको छ।

एक लाख अमेरिकन डलर ९एक करोड ३४ लाख ३३ हजार नेपाली रुपैयाँ० लगानी गरेर फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको हो। धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न अखिल नेपाल फूटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्गसहित एन्फाका केन्द्रीय सदस्य एवं कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल र धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपल हमालबिच आज ९शनिबार० सम्झौता भएको हो।

अखिल नेपाल फुटबल संघको २०८१ भदौ ११ र १३ गतेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको थियो। सुदूरपश्चिममै पहिलो पटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न फूलबारीको डिपो बजार नजिक धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको ५ बिघा जमिनमा कम्तिमा ५ हजार दर्शक बस्ने प्याराफिटसहितको प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता गरिएको छ। एकेडेमी निर्माण गर्न पहिलो चरणमा एक लाख अमेरिकी डलर बजेट विनियोजन गरिएको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।