Amargadhi Post

अत्तरियामा सञ्चालनमा आयो आराम फिजियोथेरापी सेन्टर

हरेन्द्र सांउद

अत्तरिया,भदौ,१५ गते ।  कैलालीको गोदावरी नगरपालिका अत्तरियामा आराम फिजियोथेरापी सञ्चालनमा आएको छ । स्थानीय युवाहरुले फिजियनेथेरापी सञ्चालनमा ल्याएका हुन् । स्थाजीय युवकद्वय गिरिजाप्रसाद चौबे र सन्तोष पालीले फिजियोथेरापी लगानी गरेका छन ।

आज ९शनिबार० उद्घाटन गरिएको थेरापी सेन्टरमा आधुनिक प्रविधिहरुको प्रयोग गरेर दक्ष थेरापिस्टहरुबाट उपचार गरिने छ ।  थेरापी सेन्टर सञ्चालनका लागि १० लाख भन्दा बढी लगानी लगाएका छ । नयाँ प्रविधिहरुसहित फिजियोथेरापी सेन्टर सञ्चालनमा ल्याएको सञ्चालक गिरिजा प्रसाद चौबेले बताए । उनले सुदूरपश्चिमकै आधुनिक र सेवासुविधा सहितको थेरापी सेन्टर अत्तरियामा सुरु गरिएको उनले जानकारी दिए उनले बिरामीहरुलाई आवश्यकता अनुसारको सेवा सहज रुपमा दिने उद्देश्य रहेको उल्लेख गरे ।हाडको दुखाई, घाँटीको दुखाई, नसा दबेको÷च्यापिएको, मुख बांगिएको, पक्षघात, बाथको समस्या लगायतका विभिन्न समस्याहरको उपचार गरिने उनले बताए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।