Amargadhi Post

डडेल्धुरामा भटमास जोन लागु हुने

  1. डडेल्धुरा । डडेल्धुराका ५ स्थानीय तहमा भटमास जोन लागु हुने भएको छ। सोमबार जिल्ला सदरमुकाममाआयोजना भएको सरोकारवाला निकायहरुका बिच भटमास क्षेत्रका लागी सम्भाबित क्षेत्रहरुका बिषयमा छलफल भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय डडेल्धुराद्धारा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा जिल्लाका सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।

  2. भटमास जोन लागु हुने क्षेत्रमा अमरगढी नगरपालिकाको वडा नम्बर १ बाहेक १० वटै वडाहरु,गन्यापधुरा गाउँपालिकाको २,३,४, र ५ वडा, भागेश्वर गाउँपालिकाकोे वडा नम्बर ४,नवदूर्गा र अजमेरु गाउँपालिकाकोे सबै वडा रहेका छन ।
    भाटमास जोन लागु हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई कार्यालय डडेल्धुरा का वरिष्ठ कृषी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो ।

‘पहिलो चरणमा डडेल्धुरा जिल्लाको ७ सय हेक्टर क्षेत्रमा भटमास जोन बिस्तार गर्ने लक्ष्य लिएका छौँ। उनले भने, ‘हामी यो मात्र क्षेत्रमा सिमीत रहदैनौ बिस्तारै कार्यक्षेत्र बढाउदै जान्छौ। पहिलो बर्ष भएकाले धेरै कृषकलाई समेटन सक्दैनौँ। हामी आधुनिक प्रविधितिर भने लग्छौ।’

भाटमास जोन बनाएर मात्र नहुने भएकाले हामी सबैले व्यावसायीक कृषक बन्नु पर्ने नेकपाका सुदूपश्चिम प्रदेश सदस्य डा। तारा जोशीले बताउनुभयो । ‘बाझो जमिनलाई खेतीयोग्य बनाउन सबैले लाग्नु पर्नेमा जिल्ला समन्वय समितीका प्रमुख गणेशराज भट्टले जोड दिए।
भौगलिक रुपमा पनि भटमासका लागि डडेल्धुरामा उपयुक्त वातावरण भएको कारणले पनि यस क्षेत्रलाई भटमास जोन निर्धारण गरीरहेको बताउँदै भटमास क्षेत्रबाट कृषक आत्मनिर्भर हुनेमा आफु आशाबादी रहेको भट्टले बताउनुभयो ।
कार्यक्रममा नबदुर्गा गाउपालिका,गन्यापधुरा गाउपालिका र जिल्ला स्थित बिभिन्न सरोकारवाला निकायहरुले भटमास जोन कार्यक्रम लागु भएपछि डडेल्धुरामा कृर्षिमा आत्मनिर्भर बन्न निकै सहज हुने बताईएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।