लक्ष्मी ऐर
डडेल्धुरा,पुस,२५ गते । डडेल्धुरा प्रशासन कार्यालयको अगुवाईमा जिल्लाका विभिन्न फार्मेसीमा संयुक्त अनुगमन गरिएको छ ।
डडेल्धुरा अस्पतालको फार्मेसी, अस्पताल भित्र रहेको साँझा फार्मेसी सहित कुल ६ वटा फार्मेसीको निरीक्षण गरेको बताईएको छ ।
डडेल्धुरा अस्पतालको फार्मेसीमा एक्सपायर भएको औषधि फेला परेको गुनासो आएपछि अनुगमन गरिएको जनाइएको छ । अनुगमन गरिएका फार्मेसीहरुमा एक्सपायर औषधि फेला नपरेको सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले जानकारी दिनुभयो । अनुगमन टोलीले औषधिको म्याद, खरिद तथा बिक्रीको अबस्था र भण्डारण कक्षको ब्यबस्थापनका बिषयमा अनुगमन गरिएको अनुगमन समितिका सयोजक वलीले जानकारी दिनुभयो । अनुगमनलाई प्रभाबकारी बनाउने गरि शुसासन,पारदर्शिता र जवाफदेहिता बनाउने उदेश्य रहेको सहायक प्रजिअ वलीले बताउनुभयो ।


