लक्ष्मी ऐर
डडेलधुरा, साउन १४ । स्वास्थ्यकर्मीमाथि हुने आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले देशभर गर्दे आएको आन्दोलन आज बाट फिर्ता भएको छ ।
आन्दोलनका कारण ठप्प रहेको डडेल्धुरा अस्पताल बिहिबार बाट सुचारु भएको छ । आन्दोलनका कारणले ओपिडी सेवा ठप्प बनेपछि सर्बसधारण स्वास्थ्य सेवाबाट बञ्चित रहदै आएपनि बिहिबाट आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएर सेवा सुचारु गरिएपछि आज डडेल्धुरा अस्पतालमा बिरामीहरुको भिडभाड बाक्लो रहेको थियो ।
सुदूरपश्चिमका विभिन्न जिल्लाबाट गाडीभाडा र अन्य खर्च गरेर अस्पताल पुगेका बिरामीहरू उपचार नै नपाई घर फर्किने वा अर्को दिनसम्म कुर्नुपर्ने अवस्थाले थप आर्थिक र मानसिक सास्ती व्यहोर्न पुगेका थिए ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै डडेल्धुरा अस्पतालले आकस्मिक सेवाबाहेक सबै ओपीडी सेवा दुई दिन देखि बन्द गरेको थियो बिहिबार बाट ओपीडी सेवा सुचारु भएसंगै अस्पतालमा बिरामीहरुले उपचार सेवा पाएको सुचना अधिकारी टंकप्रशाद पन्तले जानकारी दिनुभएको छ ।



