लक्ष्मी ऐर
डडेल्धुरा माघ २ गते । डडेल्धुरामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीको लागी मुख्य निर्वाचन अधिकृत कार्यालय आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
निर्वाचन प्रक्रिया समयमै, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्ने उद्देश्यसहित प्रशासनिक कार्यलाई तीव्र बनाउनको लागी जिल्ला अदालतमा एक कार्यक्रम गरेर आज देखि मुख्य निर्वाचन अधिकृत कार्यालय सञ्चालनमा ल्याएको हो ।
मनोनयन दर्ता मिति यहि माघ ६ गते तोकिएको छ निर्वाचनको तालिका अनुसार मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको डडेल्धुरा जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिन भयो ।
निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल तथा नागरिक समाजसँग समन्वय गर्दै आवश्यक योजना कार्यान्वयनमा ल्याउने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विस्नु प्रसाद कोइरालाले बताउन भयो ।
यसैगरी सरोकावाला निकायहरुलाइ सहकार्य गरिदिन आग्रह गदै निर्वाचन मर्यादित तवरले सम्पन्न गराउन आफु कटिवद्ध रहने डडेल्धुराका मुख्य निर्वाचन अधिकृत माननिय न्यायदिश अरुण कुमार कोइरालाले बताउन भयो ।
निर्वाचन आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह पनि गरेको छ । आचारसंहिता उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने चेतावनी पनि आयोगले दिएको छ ।
डडेल्धुरामा प्रतक्ष्य निर्वाचनमा नेपाली काग्रेस बाट पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको नाम बाहिर आएको छ तर हाल सम्म अन्य पार्टिकोको उमेदवार को हुने भन्ने अन्यौलम रहेको छ ।

