Amargadhi Post

एमाले र नेपाली कम्युनिष्टले डडेल्धुरामा उम्मेदवार चयन, काँग्रेस र रास्वपा अन्यौलमा

लक्ष्मी ऐर 
डडेल्धुरा,माघ,४ गते । दुई ठुला दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले संघिय निर्बाचनका लागी डडेल्धुराबाट सर्बसम्मत उम्मेदवार चयन गरेको छ । एमाले डडेल्धुराले पुर्ब राष्ट्रिय सभा सदश्य तथा एमाले नेता चक्रप्रशाद स्नेही र नेपाली कम्युनिष्ट पार्टीले केन्द्रीय सदश्य मानसिह माललाई उम्मेदवार चयन गरेको छ ।
फागुन २१ ग्ते हुन लागेको सघिय निर्बाचनका लागी यही माघ ६ गते मनोनयन दर्ता गर्नुपर्ने समयसिमा नजिकिदै गर्दा उहाँहरुले उम्मेदवारको टुङगो लगाएको हो । चुनाब नजिकिदै गर्दा दुई ठुला दल नेपाली काग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवार चयन गर्न सकेको छैन । नेपाली काँग्रेसका निर्बतमान सभापति एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लाबाट यस अघि एकल नाम सिफारिस गरिएको भएपनि पछिल्लो समय काँग्रेसभित्रको चुलिदै गएको बिबादले उम्मेदवारको अन्यौलता बढेको छ ।
काग्रेस महामन्त्रीद्धय गगन थापा र बिश्वप्रकास पौडेलको अगुवाईमा बिशेष महाधिबेशन मार्फत नया नेतृत्व चयन गरेपछि उत्पन्न भएको बिबादमा निर्बाचन आयोगले सभापतिमा निर्बाचित गगन थापा नेतृत्वको काँग्रेसलाई बैद्यानिकता दिएपछि देउवा पक्षिय नेताहरु सर्बाेच्चमा पुगेका छन । काग्रेस भित्रको महाधिबेशन बिबादले काँग्रेस भित्र देखिएको किचलोले चुनाबलाई नै प्रभाबित बनाउने त होईन भन्दै चुनाबी प्रक्रिया अन्यौलतामा बढेको देखिन्छ ।


यसैगरी रास्वपाभित्र पनि चुनाब लड्ने उम्मेदवारको टुङगो लाग्न सकेको छैन । उज्यालो नेपालबाट रास्वपामा पाटि एकता गरेका सुदुरपश्चिम प्रदेश सभा सदश्य डा.तारा प्रशाद जोशी र रास्वपाका जिल्ला अध्यक्ष सुरेन्द्र अबस्थीको उम्मेदवारी आकाक्षी भएपछि सहमती हुन नसकेको बताईएको छ । डडेल्धुरामा काग्रेस भित्रको तिब्र बिबादका कारण पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार हुने सम्भाबना न्युन रहेपछि यो पटकको निर्बाचन निकै पेचिलो बन्ने आकलन गरिएको छ । २०४८ साल देखि लगातार काँग्रेसले जित्दै आएको डडेल्धुरा निर्बाचन क्षेत्र यो पटक देउवा नेतृत्वको टिम आधिकारिक काँग्रेस नरहेको घोषणा पछि उत्पन्न बिबादले काँग्रेसबाट नँया अनुहार उम्मेदवार बन्ने निश्चित छ । काँग्रेसको गड मानिएको डडेल्धुरामा यो पटक नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरुले आफ्नो बिजयी बन्ने भन्दै ब्यापक तयारीका साथ निर्बाचनमा होमिएका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।