लक्ष्मी ऐर
डडेल्धुरा माघ ४ गते । डडेल्धुरामा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम टुंगो लगाउने क्रममा एमाले बाट पूर्व राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीलाई टिकट प्रदान गरिएको छ ।
जिल्ला कमिटी बैठकबाट यसअघि केन्द्रीय सदस्य पठानसिंह बोहरा पूर्व राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेही र संविधानसभा सदस्य ज्ञानु गैरेलाई सिफारिस गरिएको थियोे ।
व्यापक छलफल र सहमतिबाट स्नेहीको नाम टुंग्याएको एमाले स्रोतले जनाएको छ । जिल्लाको पर्शुराम नगरपालिका घर भएका पूर्व राष्ट्रियसभा सदस्य समेत रहिसकेका उनि अनुभवी दक्ष र सालीन नेताको रूपमा चिनिन्छन
यससँगै स्नेहीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेल्धुरा क्षेत्र (प्रत्यक्ष तर्फ) बाट नेपाली कांग्रेस, माओवादी र अन्य दलसँग प्रतिस्पर्धा गर्दै चुनाव लड्ने भएका छन्। ा
नेपालमा प्रतिनिधि सभा सदस्यको लागि राजनीतिक दलहरूले उम्मेदवारहरूको नाम टुंगो लगाउन थालेका छन ्।
