टेकराज अवस्थी
डडेल्धुरा,माघ ७ गते । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा रहेको डडेल्धुरा अस्पताल डडेल्धुराबकासमग्र विषयमा बिचार बिमर्श तथा छलफल गरिएको छ । संघिय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालको सेवा प्रवाह, अस्पतथालको बजेट अभाब, कर्मचारी दरबन्दी तथा जनशक्ति प्रशासनिक संरचना, भौतिक संरचना तथा पूर्वाधार र आर्थिक गतिबिधि, सरकारको भूमिका तथा सरोकारका बिबिध विषयमा बृहत छलफल गरिएको हो ।
आवश्यक दरबन्दी स्वीकृत भए पनि कर्मचारी अभाव, उपकरण प्रबिधि तथा सेवा संचालनका विषयमा अत्यन्त चुनौति रहेको प्रस्तुतिमा देखिएको छ भने अस्पतालको सेवा प्रवाहका विषयमा बेलाबखतमा आउने विवाद र चर्चाले अस्पताल दिन प्रतिदिन विश्वसनिय घटदै गईरहेको प्रति सरोकारबालाले चिन्ता व्यक्त गरेका छन ।
२०१८ सालमा कुष्ठरोगको उपचारसँगै स्थापना भएको टिम अस्पताल र २०७० सालमा सरकारी अस्पतालको रुपमा स्थापित हुँदै गर्दाको अवस्था भन्दा केहि भौतिक संरचना निर्माण तथा सेवासुबिधाका प्रकारहरुमा सुधार भए पनि अपेक्षित रुपमा आम जनताले चुस्त र आधारभूत सेवा पाउन नसकेको गुनासो पनि गरेका छन ।
कार्यक्रममा बोल्ने क्रममा अस्पताल विकास समितिले अस्पतालमा राजनीतिकरण गरेको, मेसिन उपकरण सेवा सुबिधामा ध्यान नदिएको, ठेक्का तथा कोटेसनमा अनियमितता गरेको, औषधि खरिदमा आर्थिक नियमावली मिचेको र गुणस्तरहिन औषधि खरिद गरेको, अस्पताल फार्मेसिमा औषधिको अभाव , कर्मचारीको विरामीसँग गर्ने व्यवहार र उपचारमा असन्तुष्टि, आन्तरिक प्रशासनमा कमजोरी लगायतका विषयमा विकास समिति र प्रशासन प्रमुखलाई ध्यानाकर्षण गराएका छन ।
जिल्लाका क्रियासिल राजजीतिक दलका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, डडेल्धुरा अस्पताल डडेलधुरा अस्पताल विकास समितिका पदाधिकारी, प्रशासनिक प्रमुख सहित अधिकृतस्तरका कर्मचारी चिकित्सक, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख, जेन्जी प्रतिनिधि लगायतको उपस्थितिमा अस्पतालका बिबिध आयाम, प्रस्तावित मेडिकल कलेजको शिक्षण अस्पतालको पूर्बाधार, डडेल्धुरा अस्पतालको संभावना र सेवा क्षेत्र, समस्या तथा चुनौती र जोखिमका बारेमा बिचार विमर्श गर्दै प्राप्त सुझावसल्लाहका आधारमा अगाडी बढने र चुनौतिको समाधान गरिने निर्णय पनि गरिएको छ ।


