Amargadhi Post

डडेल्धुरामा चुनाव प्रतिको उत्साह किन बन्न सकेको छैन ?

टेकराज अबस्थी
डडेल्धुरा,माघ,९ गते । आसन्न प्रतिनिधि सभा सदश्य निर्वाचनमा डडेल्धुराका गाउँबस्तीमा चुनाव प्रति उत्साह नदेखिएको स्थानीय बताउँछन । डडेल्धुरामा १३ जना प्रत्यासी रहँदा मनोनयनमा समेत उत्साहजनक उपस्थिति देखिएन भने आम जनतामा पनि फागुन २१ को निर्वाचनमा नैराश्यता देखिएको सामाजिक अगुवाको भनाई रहेको छ ।
यस अघिका निर्वाचनका लागि उम्मेदवारीमा मनोनयनमा भरिभराउ देखिने मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा बाजागाजा सहित पार्टी नेता कार्यकर्ता, समर्थक र आम सर्बसाधारणको खचाखच उपस्थिति यो निर्वाचनको उम्मेदवारीमा नदेखिएको मात्र नभई युवाहरुमा समेत चुनावको चासो नदेखिएको मनोनयन कार्यक्रमा अवलोकन गर्न आएका स्थानीयले बताउछन ।
देशमा बढेका कुशासन बिरुद्ध भएको आन्दोलनको जगमा भईरहेको निर्वाचन परिबर्तनका लागि अपरिहार्य भए पनि फागुन २१ मा हुन गईरहेको निर्वाचन र डडेल्धुराका उम्मेदवार प्रति जनतामा धेरै आशा अपेक्षा नभएको गन्यापधुरा १ का स्थानीय समाजसेवी कृष्णदेव भट्टको भनाई छ । उहाँँका अनुसार चुनाव आवश्यक छ, चुनाव विगतमा पनि भए, परिणाम के आयो जनता हेरिरहेका छन । देश बिदेशी प्रयोगशाला भयो, यहाँका पुराना राजनीतिक दलहरु बिदेशीको ईशारामा चल्न थाले, अहिलेसम्म स्वतन्त्र, धार्मिक साँस्कृतिक सम्पदाको खानी नेपाललाई बिदेशीसँग डलरको सौदाबाजी गर्न थाले, साम्प्रदायिक र आर्थिक अराजकता निम्त्याए, आफ्नो दुनो सोझ्याउने र सत्तामा बसिरहने, आफू सुरक्षित भईरहने, युवाहरुलाई बिदेश पठाउँने, देशमा आशा लाग्दो नीति तथा कार्यक्रम तर्जुमा गर्न नसक्ने, आफू र आफ्ना लगायत मन परेका मान्छेका लागि अकुत सम्पति कमाउने र राष्ट्र दोहन गरिरहेने भएकाले देशलाई अन्र्तराष्ट्रिय सम्मानको अभिभावक चाहिएको बेला भईरहेको विशेष निर्वाचनमा जनता चनाखो हुनु पर्ने बताएका छन ।
गाउँघर दिनप्रतिदिन खाली हुँदैछ, खेत जति सबै बाँझो भईसके, गाउँघरमा सुनसान भएको छ, स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले रोजगारको संभावना सुनिश्चित गर्न सकेन, गरेको छैन, कृषि देखि उपभोक्ता समिति सम्म कमिसनको चलखेल भयो, जताततै कमिसनको खेलमा उपभोक्ता समिति गठन भएका छन, काम गुणस्तरहिन र अपारदर्शी भएका छन, स्थानीय पालिकाहरुमा व्याप्त भ्रष्टाचारले युवाहरुमा निरासा छाएको छ अनि चुनावका बेला मात्र भोट माग्दा के जनताले पत्याउँछ त भन्दै दलहरु प्रति जनताको विश्वास गुमिसकेको पुराना पुस्ताका राजनीतिकर्मी नवदुर्गा गाउँपालिका ३ का लक्ष्मण सिंह ऐरको भनाई छ ।
प्रजाातन्त्रको पुर्नबहाली देखि म पनि शिक्षकको जागिर छोडेर राजनीतिमा होमिए तर भयो के ? के आजकै दिन देख्नका लागि प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र थियो त ? गाउँमा विकासको नाममा सिन्को नभाँच्ने, निर्वाचित भएका वा उनका कार्यकर्ताहरु काठमाण्डौं गएर फर्किएर नहेर्नेहरु आज लाजै पचाएर फेरी भोट माग्न जनतासँग गुहार माग्नु लज्जास्पद मात्र नभई हाँस्याँस्पद पनि रहेको डडेल्धुराका पुरामा राजनीतिकर्मी रामचन्द्र चटौत बताउँछन ।
उहाँँ भन्नुहुन्छ जनतामा यो निर्वाचन हर्ष न बिस्मात जस्तै छ, गाउँघरका गरि खाने जनतालाई चुनावको कुरो गर्ने फूर्सद पनि छैन, चासो र उत्साह पनि छैन, चुनावको कुरा गर्दा मौनता देखिन्छ, पर्ख र हेर भन्ने मानसिकतामा देखिन्छन, उम्मेदवार घरदैलोमा आई हाले त्यसै अनुसारको निर्णय गर्नै सोच बनाएको जस्तो आफूले पाएको राष्ट्रि प्रजातन्त्र पार्टीका समानुपातिक उम्मेदवार समेत रहेको नेता चटौतले अखण्ड खबरलाई बताए । प्रश्न भोटको वा भोट माग्ने विषय मात्र होईन, प्रश्न उम्मेदवारको विगत हेरिनु पर्छ र विश्वास लाग्ने एजेण्डा तथा लक्ष्य स्पष्ट हुनुपर्छ, जनताले विश्लेषण गर्नु पर्छ भन्दै अहिलेका केहि नयाँ अनुहार बाहेक सबैलाई जनताले कुनै न कुनै रुपमा परिक्षण गरिसकेका छन, उनको राजनीतिक आद्धता, सामिप्यता, पहलकदमी र कर्म डडेल्धुराबासीले राम्रोसँग हेरिसकेको अवस्थामा फेरि पनि भ्रममा रह्यौ भने डडेल्धुरा पचास वर्ष पछाडी धकेलिने कुरामा दुई मत नरहेको अजयमेरु गाउँपालिका २ का युवा राम सिंह ऐरले बताए ।
उहाँले भन्नु भयो बिगतका निर्वाचनमा सबै पार्टीका सबै उम्मेदवारले जनतालाई दिएको आश्वासन के सम्बोधन भए त ? घोषणापत्रमा लेखेका विषय अनुसार के काम भयो डडेल्धुरा जिल्लामा देखाई दिनुस ? यस कारण डडेल्धुराका गाउँबस्तीमा जनतामा उत्साह देखिएको छैन । अब जनताले परिबर्तन चाहेका छन, देउवाजीले राजनीतिक र संसदिय यात्रामा विश्राम लिईसके पछि अन्य उम्मेदवारको योग्यता क्षमता सामथ्र्यता आदी बुझ्नेछन र उपयुक्त निर्णय गर्नेछन ।
सधै भरि ठगिरहने, जनतालाई दास बनाई रहने, चर्काचर्का भाषण र उधारा प्रतिबद्धता अब जनता पत्याउँनेवाला छैनन गाउँघरको वास्तविक समस्या, पीडा, सास्ती लगायतका विषय समाधान गर्ने कुरा त पर जाओस बुझ्ने समेत प्रयास भएन, अब जनता जागरुक भईसकेका छन अब गल्ती गर्ने पक्षमा देखिदैनन भन्दै अमरगढी ८ का एक युवाले आक्रोस पोखेका छन ।
समय बदलिएको छ, प्रबिधि र सोच पनि बदलिएको छ, अब पुरातन सोच र प्रबृतिले जनता चुनावमा सहभागि नहुने अवस्था सिर्जना भएको छ, नेताहरु भन्दा एक कदम अगाडी मतदाता छन, बिगतलाई नजिक र समयक्रमसँगै अनुभव पनि गरेका छन, अब जनता कुनै नामको वा संख्याको पैसामा बिक्रि हुने छैनन, यदि जनतासँग मत माग्ने हो भने आफूलाई मतदान योग्य बनाउनु जरुरी छ, परिस्कृत र निष्कलंक बनाउँनु जरुरी छ, जनताका सुख दुःखमा साथ दिने, समय दिने र सामाजिक न्याय सहितको विकास दिने नेता डडेल्धुराले चाहिरहेको अमरगढी ५ का एक युवाले बताए । डडेल्धुरा सुदूरपश्चिम प्रदेशको केन्द्र बिन्दुमा रहेको राजमार्ग सदरमुकाम मात्र हैन, यहाँका जनताको लाईफलाईन पनि हो, हेर्नुस यहाँको विकास, डडेल्धुरामा पर्यटक आउँने, बस्ने, घुम्ने, खर्च गर्ने नत आकर्षक स्थान छन न पूर्बाधार नै । भएको संरचना र आर्थिक मेरुदण्डका आधारहरु पनि चरम राजनीतिकरणले धरासायी बनेको अवस्थालाई कसले बुझिदिने कहिले बुझिदिने ? सत्ता र शक्ति भएको बेला त यि कुरा हुन सकेनन भने देशको परिस्थिति बदलिएको छ, अर्थतन्त्र निरासाजनक छ,

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।