लक्ष्मी ऐर
डडेल्धुरा,माघ १० गते । चार बर्षपछि डडेल्धुरामा हिमपात भएको छ । डडेल्धुराको भीमदत्त राजमार्गको हगुल्टे,साहुखर्क,गैरा लगायतको सडकखण्डमा गएराती परेको हिमपातका कारण यात्रुहरुलाई आवतजावत गर्न निकै कठिनाई भईरहेको छ ।
डडेल्धुराको भाँतकाडा,साहुखर्क हगुल्टे लगायतका आसपासका क्षेत्रहरुमा बाक्लो हिमपात जमेपछि सवारी साधनहरु संचालनमा समस्या हुने गरेको सवारी चालक तुलबहादुर भण्डारी जानकारी दिनुभयो । डडेल्धुरा सदरमुकाममा पनि फ्याटफुटट हिमपात परेको भएपनि बिहान सम्म हिउ पग्लीसकेको थियो ।

उता जयपृथ्बी राजमार्ग अन्र्तगत अनारखोली,खोडपे,सतबाज र ढोल्यामोडमा हिमपात भएको छ । उक्त क्षेत्रमा परेको हिमपातलाई सुरक्षाकर्मीहरुको सहयोगले सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक बरुणबहादुर सिहले जानकारी दिनुभयो । हिमपातका कारण चिसो बढ्नथालेपछि डडेल्धुराको जनजिबन निकै कष्टर बनेको छ ।


