Amargadhi Post

डडेल्धुरामा चुनाबी सरगर्मी बढदै ः देउवाको मैदान खाली भएपछि डडेल्धुरामा हौसिए उम्मेदवार

सम्भाबित प्रतिष्पर्धी उम्मेदवार ?

लोकेन्द्र ओझा
डडेल्धुरा,माघ,११ गते ।  डेल्धुरा,माघ,११ गते । डडेल्धुरा जिल्ला प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला हो । यहाँ यस पटक निकैरोचक प्रतिस्पर्धा हुने देखिन्छ। २०४८ देखि ७ पटक डडेल्धुराका जनताले निर्विकल्प रुपमा शेरबहादुर देउवालाई निर्वाचित गरेका थिए। तर यसपटक देउवाको उम्मेदवारी नहुँदा अन्य राजनीतिक दलका नेताहरू भने हौसिएका छन् ।
अब डडेल्धुरामा राजनीतिक पार्टीहरूले नयाँ इतिहास रच्नेबेला आएकोछ। नेपाली काङ्ग्रेसले डडेल्धुरामा आफ्नो बर्चस्व गर्छ कि गर्दैन कायम गर्छ कि गर्दैन त्यो फाल्गुन २१ को निर्वाचनले देखाउनेछ। तर अन्य राजनीतिक पार्टीहरू भने यसपटक निकै खुसी (हौसिएका) छन् । फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट तीनजना स्वतन्त्र सहित १० वटा राजनीतिक पार्टी गरि १३ जनाले प्रतिनिधिहरुले मनोनयन दर्ता गरेका छन्।
अन्य जिल्लाको तुलनामा डडेल्धुरामा चुनाव लागिसकेको छ। मतदाताहरुले गाउँ गाउँमा कसलाई मतदान गर्ने भन्ने विषयमा बहस र छलफल हुन थालेको छ । यसपटक मुख्यगरी चारवटा पार्टीको बीचमा कडा प्रतिस्पर्धा हुने स्थानीय जानकारहरू बताउँछन्
नेपाली कांग्रेसको तर्फबाट नेबि संघका पूर्व सभापति नैन सिंह महरको उम्मेदवारी रहेको छ । यसैगरी नेपाली कम्युनिस्ट पार्टी ( नेकपा)को तर्फबाट मानसिंह माल (क्रान्ति ) नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभाका पुर्ब सदश्य चक्रप्रशाद स्नेही र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट डा. ताराप्रशाद जोशी आसन्न निर्वाचनको प्रमुख प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अन्य निर्वाचनको तुलनामा यसपटकको निर्वाचनमा उम्मेदवारहरू नै आफू जित्ने दाबी प्रस्तुत गरिरहेका छन्।


नैन सिंह महर नेपाली कांग्रेसका युवा नेताहरूमध्ये प्रखर वक्ता र प्रष्ट वक्ताको रुपमा चिनिन्छन् । २०४७ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ ) इकाई अध्यक्ष बाट उनले राजनीतिक यात्रा सुरु गरेको देखिन्छ । २०५५ सालमा नेविसंघ डडेल्धुरा कार्यवाहक जिल्ला अध्यक्ष रहनुभएको थियो । त्यस्तै विद्यार्थी राजनीतिमै २०५६ नेविसंघ डडेल्धुरा जिल्ला अध्यक्ष निर्वाचित भए । उनले नेपाली कांग्रेस डडेल्धुरा प्रचार विभाग उपप्रमुख को जिम्मेवारी पाएका थिए। नेपाल विद्यार्थी सङ्घको डडेल्धुरा मात्रै केन्द्रित रहेनन् २०५७ नेविसंघ केन्द्रीय सदस्य बन्नु भयो । २०६४ सालमा नेविसंघ उपाध्यक्ष हुदै २०७३ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भएका थिए । २०७५ नेविसंघ अध्यक्षबाट राजीनामा दिएर महाधिवेशन भएको थियो । नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नैन सिंह महरले नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख को जिम्मेवारीान छन । उनी खबरदारी गर्न पनि त्यत्तिकै माहिर देखिन्छन् केपी ओलीको सरकारका बेला सरकारका कमी कमजोरीहरुलाई आलोचनात्मक रुपमा महाकाण्ड नामको पुस्तक समेत प्रकाशन गरेका थिए।
उनको भनाइ छ शेरबहादुर देउवाको उत्तराधिकारीको रुपमा म डडेल्धुरामा आएको हुँ। अब शेरबहादुर देउवाले गर्न बाँकी रहेका कामहरु मेरो काँधमा आएको छ। म कुशलतापूर्वक जनताको सेवामा लाग्नेछु । डडेल्धुराका जनताहरूले जसरी सात पटक शेरबहादुर देउवालाई विजय गराउनुभयो । फेरि पनि नेपाली कांग्रेसको विकल्प नरहेको दाबी उनले प्रस्तुत गरिरहेका छन्।


नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मानसिंह माल (क्रान्ति ) डडेल्धुरामा कम्युनिस्ट पार्टीका नयाँ अनुहार हुन्। विद्यार्थी राजनीतिबाट उनले आफ्नो राजनीतिक यात्रा सुरुवात गरेका थिए। राज नीति प्रवेश एमाले अखिल २०५४ सालमा प्रारम्भिक कमिटी अध्यक्ष बन्नु भएको थियो। २०५५ अखिल क्रान्तिकारीको डडेल्धुरा जिल्ला कमिटी सदस्य बन्नु भयो।२०५७ मा नेकपा माओवादीमा पुर्णकालिन रुपमा भुमिगत हुदै अखिल क्रान्तिकारीको जिल्ला संयोजकको जिम्मेवारी समाले २०५८ मा जनमुक्ति सेनामा कार्यरत थिए । उनले २०५९ सम्म आदिवासी जनजाति सीमान्तकृत वर्गहरूको मुद्दालाई उजागर गर्दै निरन्तर जनयुद्धमा सहभागी भएका थिए । त्यसैगरि २०५९मा अखिल क्रान्तिकारीको डडेल्धुरा जिल्ला अध्यक्ष हुदै २०५९ मा पार्टीको जिल्ला कमिटी सदस्य समेत रहेका थिए। मान सिंह २०६१ मा सेति महाँकाली राज्यसमिती सदस्य संगै तत्कालीन माओबादीको जनसरकार प्रमुख रहनुभयो ।
मालले २०६५ मा जिल्ला सहसेक्रेटेरीको भुमिकामा समेत रहनु भयो। पार्टीको विभिन्न तहमा जिम्मेवारी सम्हाल्ने क्रममा २०६९ मा एकीकृत माओवादीको डडेल्धुरा जिल्ला संयोजक हुदै नेकपा एमाले र एकीकृत नेकपा माओवादीको पार्टी एकीकरणको क्रममा २०७५ मा नेकपाको डडेल्धुरा जिल्ला कमिटी अध्यक्ष समेत रहनुभएको थियो । २०७८ मा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश बरिस्ठ उपाध्यक्षको जिम्मेवारी समेत सम्हालि सक्नुभएको छ हाल नेपाली कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सभा सदस्य डडेल्धुरा बाट प्रत्यक्ष तर्फको उम्मेदवार मानसिंह माल (क्रान्ति) अहिलेसम्म कुनै पनि निर्वाचनमा भाग नलिएका डडेलधुरा जिल्लाका लागि नयाँ अनुहारको रुपमा देख्न सकिन्छ।


जनमतका आधारमा नेपालको सबैभन्दा दोस्रो ठूलो राजनीतिक पार्टीको रुपमा स्थापित रहेको नेकपा एमालेले यसपटक डडेल्धुरा जिल्लामा राष्ट्रिय सभाका पुर्ब सदस्य चक्रप्रसाद स्नेहीलाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ। स्नेही २०७४ सालमा राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको थियो । स्नेही २०४६ मा अनेरास्ववियु सदस्य भनेर राजनीतिक यात्रा शुभारम्भ गरेको देखिन्छ । २०४९ मा अनेरास्ववियु सत्यबादी माध्यमिक विद्यालय बझाङमा सचिब बनेपछि विद्यार्थी राजनीतिबाट चर्चामा आए । २०५० मा निेकपा एमाले गाउँ कमिटी सचिव बनेपछि विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका थिए। चक्रप्रसाद २०५३ सालमा इलाका अधिवेशन संयोजक भई अधिवेशन सम्पन्न गरे उनले २०५२ देखि निरन्तर २०६८ सम्म जिल्ला कमिटी सचिबालय सदस्य बनेको जानकारी दिनुभयो। २०६४देखि २०८०सम्म अखिल नेपाल किसान महासंघ केन्द्रीय सचिवालय सदस्य ,२०५१ देखि २०८१ सम्म मुक्ति समाज नेपालको अञ्चल कमिटी सचिव हुदै केन्द्रीय कमिटी सचिवालय सदस्य,२०६९ देखि २०७३सम्म अञ्चल कमिटी सदस्य रहनुभएको थियो । त्यसैगरी २०७४ देखि २०८० सम्म सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य र २०७४ देखि २०७८सम्म राष्ट्रिय सभा सदस्यको जिम्मेवारी बहन गर्नुभएको थियो।
राष्ट्रिय सभामा रहँदा सुदूरपश्चिम प्रदेशको उत्पीडित जाति सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक हस्तक्षेप, खुल्ला सिमाना , आदिवासी , दलित जनजातिका मुद्दाहरूको आवाज उठाउनुभएको थियो। विभिन्न समयमा भएका घटना कोरोनाको समयमा नागरिकको उपचारका विषयमा राष्ट्र राष्ट्रियता र जनजीविकाका सवालमा राष्ट्रिय सभामा महत्वपूर्ण मुद्दाहरू उठान गर्नुभएको थियो। मुक्त हलियाको गास बास र कपासको ब्यबस्थापनको मुद्धा सहित जिल्लाको भित्रीमद्येशमा भएको बाढी पहिरोबाट भएको जनधनको क्षतीका बिषयमा राष्ट्रिय सभामा पटक पटक अवाज उठाउनु भएको थियो । दलितहरुका सवालमा शशक्त अवाज उठाउने दलित नेता मध्येका अग्रस्थानमा देखिएका स्नेही बाल्यकाल देखि बामपन्थी आन्दोलनमा होमिएका एक शशक्त र प्रभाबशाली नेताका रुपमा पहिचान बनाईसकेका छन ।
डडेल्धुरा जिल्लाबाट प्रतिनिधि सभाका लागि अर्का उम्मेदवार डा. तारा जोशी।


अन्य उम्मेदवार जस्तै २०४५ मा अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्यबाट राजनितिक यात्रा सुरुवात भएको देखिन्छ। २०४८ मा शिक्षण पेशामा रहि शिक्षक संगठनको सदस्य, २०५१ मा नेकपा एमाले डडेल्धुरा काठमाडौँ सम्पर्क मञ्चको सदस्य रहनु भएको थियो। जोशी २०५३ मा नेकपा एमाले जिल्ला कमिटी सदस्य हुदै २०५४ जिल्ला कमिटी सचिव र २०६९ नेकपा एमाले डडेल्धुरा जिल्ला अध्यक्ष समेत हुन्। २०७० प्रतिनिधि सभा उम्मेदवार शेरबहादुर देउवासँग पराजित भएका थिए। यस्तै २०७४ प्रदेश सभा उम्मेदवार कर्णबहादुर मल्लसँग पराजित भए तर २०७९ मा भने स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भए। गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले सरकार परिवर्तनको मुख्य माग राखेपछि प्रदेश सभा सदस्यबाट राजीनामा दिएर उनी प्रतिनिधि सभाका उम्मेदवार बनेका छन्। डा. जोशी २०६९मा राजनीतिक अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्नुभएको थियो। उनले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिनु भएको छ । सामाजिक मुद्दाहरूमा पैरवी, खबरदारी , विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता, राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको राष्ट्रिय आकर्षण विभिन्न प्रकारको रणनीतिक योजना बनाउने दाबि गर्दै गर्दै आएका छन् । डडेल्धुरामा देखिएको चुनाबी सरगर्मीको आकलन गर्ने हो भने कुन उम्मेदवारले बाजी मार्ला त्यो भने अहिले नै भन्न सकिने अबस्था छैन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।