Amargadhi Post

प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा

अमरगढी पोष्ट समाचार
डडेल्धुरा, माघ १४ गते। बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सो मुद्दामा सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, सो विद्यालयका प्रधानाध्यापक धनबहादुर विष्ट र लेखापाल हर्क बहादुर विष्टविरुद्ध २६ लाख ५४ हजार ६८३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

आयोगका अनुसार उनीहरू विरुद्ध बझाङको बित्थडचिर गाउँपालिका(९ स्थित सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा वास्तविक भए गरेको कार्यभन्दा गलत बिल राखी बढी मुल्याङ्कन गरी गराइ बढी भुक्तानी दिइ लिइ भ्रष्टाचार गरेको आरोप लागेको छ।

आयोगका अनुसार विष्टविरुद्ध २० लाख एक हजार ७९९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। बित्थडचिर गाउँपालिकाका तत्कालीन सब–इन्जिनियर किरण भण्डारीविरुद्ध २० लाख एक हजार ७७९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरू विरुद्ध सजाय हुन माग दाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।