Amargadhi Post

डडेल्धुरामा स्कारपियो दुर्घटनाः पाँच जना घाइते

लक्ष्मी ऐर 
डडेल्धुरा,माघ १७ गते । डडेल्धुरामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्ला निर्वाचन कार्यालय डोटीको सरकारी गाडी जिल्लाको अमरगढी नगरपालिका ११, रडुवा खोला स्थित केआईसिंह राजमार्गमा दुर्घटना भएको हो ।
डडेल्धुराबाट दिपायल तर्फ जाँदै गरेको स्कारपियो अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा दुर्घटना भएको डडेल्धुरा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ घर भइ डोटीका निर्वाचन अधिकृत रहेका ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भइ सशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँ भानु नगरपालि घर भइ नेपाली सेना भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सुर्यबहादुर कोइराला, गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र डोटीको दिपायल सिलगढी नगरपालिका–५ का ४५ वर्षीय चालक तेजबहादुर अधिकारी रहेका छन । घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक बरुणबहादुर सिहले जानकारी दिनुभएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।