अमरगढी पोष्ट समाचार
डडेल्धुरा माघ २० गते । फागुन २१ गते हुने भनिएको प्रतिनिधी सभाको निर्बाचनमा नेकपा एमालेका उम्मेदवार तथा पुर्ब राष्ट्रिय सभा सदश्य चक्रप्रशाद स्नेहीको जिल्लाभरी नै जबरजस्त जनमत सिर्जना भईरहेको छ । प्रतिनिधी सभाका लागी एक मात्रै निर्बाचन क्षेत्र रहेको डडेल्धुरा जिल्लामा ३५ बर्षदेखि नेपाली काँग्रेस त्यसमापनि पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा यो पटक नया उम्मेदवारहरु मैदानमा उत्रिएपछि डडेल्धुराको निर्बाचन निकै रोचक बन्ने देखिएको छ ।
काँग्रेसका नेता देउवाको एकछत्र राज रहदै आएको डडेल्धुरामा यो पटक उहाँले उम्मेदवारी नदिएपछि काग्रेसका नया अनुहारका उम्मेदवारले त्यो बिरासत कायम राख्न सक्छन की सक्दैनन भन्ने ब्यापक टिकाटिप्पणी भईरहेका बेला एमालेका उम्मेदवार स्नेहीको उत्साह निकै बढीरहेको छ । पुर्ब प्रधानमन्त्री देउवा चुनाब लड्दै गर्दा डडेल्धुरा जिल्लाबाट नेकपा एमालेको मत झण्डै १० हजारको सेरोफेरोमा देखिएको छ । यो पटक देउवा चुनाब न लड्नु काँग्रेसमा बिभाजन आउनुले एमालेको जनलहर बढीरहेको संकेतहरु देखिएका छन ।
डडेल्धुराबाट १३ जना उम्मेदवारहरु मध्ये राजनिति क्षेत्रमा लामो समय सकृय रहदै आउनुभएका पाको र अनुभबी नेताका रुपमा देखिएका स्नेहीले राष्ट्रिय सभाको चार बर्षे जिम्मेवारीमा रहँदा डडेल्धुराका बिकास र समृद्धीमा निकै महत्वपुर्ण काम गरेको उदाहरण दिन सक्ने ठाँउमा उभिएका छन । राजनितिलाई उनले न ब्यबसाय सोचे न पेशा साचे उनले सेबकका रुपमा कामको जिम्मेवारीको परिभाषाबाट अथ्र्याएर उत्पीडन र अधिकारबिहिन बर्गको पक्षमा बुलन्द अवाज राखेर जिल्लाको बिकास र समृद्धीमा सक्दो प्रयास गरिएको फेहरीस्ता उहाँले जनताका माझमा राख्दै आउनु भएको छ ।

राष्ट्रिय सभाको सदश्य निर्बाचित भएपछि उहाँले आफ्नो स्वकिय समेत दुगर्मबस्तीको एक जनजातीका सकृय युबालाई जिम्मेदवारी दिएर उदारणीय काम गर्दा आज उनीमाथी प्रश्न होईन बिश्वास थपिएको छ । डडेल्धुराको भित्रीमद्येश क्षेत्रमा बामपन्थी आन्दोलनको झण्डा बोक्दै गर्दा थुपै अबसरहरु नआएका होईनन तर उनले ति अबसरलाई लत्याएर खरो रुपमा सर्बहारा र श्रमजिबी जनताको पक्षमा सत्ता निर्माण गरेर नेपालमा साम्यबाद स्थापित गर्ने उनको लक्ष्य अहिले पनि साकार हुन सकेको छैन तर पनि उनमा बिचलन देखिएको छैन । गरिब र उत्पीडनमा जन्मीएका एक सामान्य परिवारमा हुर्किएका स्नेही गत निर्बाचनमा एमालेबाट उम्मेदवार बनेका थिए तर डडेल्धुरामा बिपी काँग्रेस र एमाले बिचको तालमेलले उनले उम्मेदवारी फिर्ता लिएर बिपी काँग्रेसका उम्मेदवार कर्णबहादुर मल्ललाई समर्थन गरेका थिए ।
उनको उम्मेदवारीमा हस्तेमा हस्ते गर्दे बिजयीको माला पहिरयाउन सकिने भन्दै एमाले डडेल्धुराका लोकप्रिय नेता एबम सुदुरपश्चिम प्रदेशका पुर्ब भौतिक पुर्बाधार मन्त्री पठानसिह बोहरा यो चुनाबको मुख्य कमाण्डर छन । नेकपा एमालेका केन्द्रीय सदश्य तथा डडेल्धुरा पार्टीका इन्चार्ज बोहराले सुदुरपश्चिम प्रदेशको भौतिक पुर्बाधार मन्त्री हुदाँ डडेल्धुराको बिकास निर्माणमा ठुला तथा गौरबका महत्वपुर्ण आयोजनाहरु संचालनमा ल्याएपछि उनको अभाब खड्कीएको महसुस जिल्लाबासीले गर्दे आएका छन ।
पुर्ब प्रधानमन्त्री देउवा पाँच पटक प्रधानमन्त्री र ७ पटक जिल्लाको प्रतिनिधी सभा सदश्य रहँदा उनी भन्दा बोहराले ३ बर्षमा जिल्लाको बिकासमा निकै कायपलट भएको उनका बिपक्षी पार्टीका नेता कार्यकर्ताहरु समेत खुलेर प्रशंसा गर्नुले अहिलेको चुनाब निकै प्रतिष्पर्धा तथा रोमाञ्चक देखिएको छ । मुख्यतया काँग्रेसका प्रभाबशाली नेता देउवाको अनुउपस्थिती रहनु त्यसमा पनि जिल्लाको राजनिति बृतमा चतुरखेलाडीका रुपमा देखिएका बिपी काँग्रेसका नेता एबम डडेल्धुरामा नेपाली काग्रेसको दुई कार्यकाल सभापति भएर नेतृत्व गरेका सुदुरपश्चिम प्रदेशका पुर्ब माननिय कर्णबहादुर मल्लको पनि उम्मेदवारी रहेको छैन ।

मल्ल नेतृत्वको बिपी काँग्रेसको उम्मेदवारी नहुनु र उनीहरुले अहिले सम्म उम्मेदवारको हकमा मुख खोलेका छैन उनको समर्थन जँहा देखिन्छ उतै पल्लाभारीको सकेत देख्न सकिन्छ भन्नेहरुको आकलन पनि अस्वभाबिक छैन । यो भन्दा अघिल्लो निर्बाचनमा मल्लले झण्डै ७ हजार भन्दा बढीमत प्राप्त गरेका थिए भने उनको पार्टी बिपी काँग्रेसको समानुपातिका भोट झण्डै ६ हजारको हाराहारीमा देखिएको तथ्याक छ । एमालेका उम्मेदवार स्नेहीलाई बलियो उम्मेदवारका रुपमा नदेख्नेहरुको जमातलाई उनले भित्रीमद्येशको आलिताल र परशुराममा सम्पन्न गरेको चुनाबलाई लक्षित गरेर गरेको अगुवा कार्यकर्ताहरुको सकृया सहभागीता र उत्साहलाई मापन गरे आगामी निर्बाचनको प्रतिष्पर्धी को को हुन र को संग कसको प्रतिष्पर्धा हो भनेर सहजै अनुमान र आकलन गर्नेहरुको जमातपनि जबरजस्त बनेको छ ।
१३ जना प्रत्यासी उम्मेदवारहरु मध्ये महिला उम्मेदवार छैनन तर दलित कलष्टका एक्ला उम्मेदवार स्नेही हुन । तर डडेल्धुराको कुल जनसख्याको २३ प्रतिशत दलित कलष्टर छ त्यो कलष्टर चुनाबको निर्णायक मत बन्न सक्छ । हो स्नेहीको बिजयीका लागी दलित कलष्टरको एक्लो उम्मेदवार त्यसमा पनि देउवापछिको राजनिति बृतमा जनताका माझ निकै लोकप्रिय नेता पठानसिह बोहराको साथ र बिपी काँग्रेसका नेता मल्लको मौनताले राजनितिभित्रको निकै हलचल पैदा गरिदिएको छ ।

जनताको माझमा रुचाएका अर्का पात्र हुन एमाले डडेल्धुराका पुर्ब अध्यक्ष एबम सुदुरपश्चिम प्रदेशका बहाल प्रतिनिधी सभा सदश्य डा.तारा प्रशाद जोशी । तर उनी २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभामा डडेल्धुराका ख नम्बर क्षेत्रबाट तत्कालिन काँग्रेसका प्रदेशका बहालमन्त्री गोबिन्द बोहरालाई पराजित गरेर निर्बाचित भएका पात्र हुन डा.जोशी । तर उनले ५ बर्षका लागी डडेल्धुराको ख का जनप्रतिनिधी हुन तर त्यो कार्यकाल २ बर्ष बाकी छदै राजिनमा ठोकेर प्रतिनिधी सभा चुनाब लड्ने रहरले जनताको भाबनामाथी निकै ठेस पुगेको कतिपयहरुको बिश्लेषण छ । उनलाई पार्टी फेर्ने र अबसरका लागी जनतामाथी घात गर्ने ब्यक्तिका रुपमा अथ्र्याउन थालिएको छ । उनलाई बौद्धिक र शालिनताको रुपमा हेरिएपनि चुनाबको मुखैमा रास्वपा र घण्टी चुनाब चिन्ह लिएर चुनाब लड्न थालेपछि उनीमाथी चरम अबसरबादको आरोप लागेको छ ।





