Amargadhi Post

देशका लागि पदक जितिन् तर नागरिकता पाउन दुबेलाई ७ वर्ष लाग्यो

लक्ष्मी ऐर
डडेल्धुरा,माघ,२२ गते । राष्ट्रिय खेलाडी सिवाङ्गी दुबेलाई नागरिकता पाउन सात बर्गा लाग्यो तर आज बल्ल नागरिकता हातमा पाउदा उनी ज्यादै खुसी बनिन । सात वर्षसम्म कागजी प्रक्रिया नपुगेको भन्दै बन्न नसकेको नागरिकता बिहिबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराले अनतत ः अंगीकृत नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सिवाङ्गीसहित उनकी बहिनी सन्ध्या र भाइ सिशाङ्कलाई नागरिकता हस्तान्तरण गरेको हो। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जिल्लामा पहिलोपटक आमाको नामबाट अंगीकृत नागरिकता वितरण गरिएको बताउनु भएको छ । ‘उहाँहरूले नागरिकता पाउन ७ वर्षसम्म भोग्नुभएको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन, प्रमुख जिल्ला अधिकारी कोईरालाले भने ‘आजबाट उहाँहरू नेपाली नागरिक भएकोमा औधी खुसी लागेको छ ।
नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनअनुसार बाबु विदेशी र आमा नेपाली भएको अवस्थामा दुवेसहित उनका भाइबहिनीले अंगीकृत नागरिकता पाएका हुन्। ‘२०७६ सालदेखि प्रयास गरिरहेकी थिएँ, बल्ल सफल भएँ,’ उनले भनिन्, ‘नागरिकता नहुँदा खेल जीवनमै अवरोध थियो, प्रतियोगिता खेल्न पनि समस्या हुन्थ्यो। अब ढुक्क भएर तालिम र प्रतियोगितामा भाग लिन सक्छु दुबेले भनिन ।

उनले नागरिकताकै अभावमा पढाइ समेत रोकिएको बताउँदै अब शिक्षा पनि अघि बढाउने बताइन्। सिवाङ्गीले राष्ट्रियस्तरका कुस्ती प्रतियोगितामा ८ स्वर्ण पदक जितेकी छिन् भने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि रजत पदक दिलाएकी छन्। १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै उनी फाइनलमा भारतीय खेलाडी पिङ्की सेरावतसँग पराजित भएकी थिइन्। सिवाङ्गीका बुवा राजु दुवे भारतीय नागरिक हुन् भने आमा डडेल्धुराको अमरगढी नगरपालिका–५ की राधिकादेवी रोका हुन्। विवाहपछि राजु नेपालमै बसोबास गर्दै आएका छन्। हाल परिवार कञ्चनपुरको भीमदत्त नगरपालिका–३ खैरेनीमा बस्दै आएको छ। दुवे परिवार मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको छ। नागरिकता पाएपछि भावुक बनेकी सिवाङ्गीले भनिन्, ‘मेरो बुवाको पसिना र आमको आँसु बिना यो सम्भव हुने थिएन। हाम्रो भविष्य अन्धकारमा जान नदिन उहाँहरूले कहिल्यै हार मान्नुभएन। आजको नागरिकता कागज मात्रै होइन, उहाँहरूको संघर्षको प्रमाण हो।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।