लक्ष्मी ऐर
डडेलधुरा, साउन १४ । डडेल्धुराबाट खैरो हेरोइन सहित ३ जना पक्राउ परेका छन । डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन १६० मिलिग्राम सहित ३ जनालाई वुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कञ्चनपुरको बेदकोट नगरपालिका–७ बस्ने २६ वर्षीय दिपक खुना, कैलालीको चुरे गाउँपालिका–४ बस्ने २५ वर्षीय निराजन साह र सोही ठाउँ बस्ने २४ वर्षीय लक्ष्मण अधिकारी रहेका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–००१ क १६९० नम्बरको टेलरमा सवार उनीहरुलाई चेकजाँच गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक बरुणबहादुर सिहले घटनाको सुक्ष्म अनुसन्धान भईरहेको जानकारी गराउनु भएको छ । सुदुरपश्चिमको पहाडी जिल्लामा लागुऔषका सेवनकर्ताहरु बढीरहेकाले यसलाई नियन्त्ररण गर्न प्रहरीबाट मात्रै सम्भब नभएकाले हरेक नागरिकले सहयोग गर्नुपर्नेमा प्रहरी नायब उपरिक्षक सिहले बताउनु भएको छ ।



