लक्ष्मी ऐर
डडेलधुरा, साउन १० । बर्षातका कारण अबरुद्ध सडकलाई पन्छाउदै अस्पताल ल्याउन लागेकी एक सुत्केरी महिलाले अस्पताल नपुयाउर्दै सडकमै बच्चा जन्माएकी छन ।
परशुराम नगरपालिका ६ मसिनजला घर भएकी उजित दमाईकी श्रीमती शान्ति दमाईले साँदनी स्वास्थ्य चौकी पुयाउन नपाउदै आईतबार बाटोमै बच्चा जन्माएकी हुन । बच्चा र आमा दुबैको स्वास्थ्य अबस्था सकुशल रहेको स्थानियले जनाएको छ ।
बर्षात लाग्ने बितिक्कै स्थानीय सडकहरु अबरुद्ध हुने र उक्त सडक सुचारुका लागी हप्र्ताैं कुर्नुपर्ने बाध्यताका कारण प्रसुती महिलाहरुले बाटोमै बच्चा जँन्माउनु परेको पिडा यो चाही नौलो होईन यस्तो पटक पटक भईरहेको स्थानिय समाजिक अभियान्ता बिरबहादुर भण्डारीले बताउनुभयो ।

यातायातका सवारी साधन हिडेन बाटो अबरुद्ध भएपछि बिरामी र सुत्केरी महिलाहरुले सबैभन्दा बढी पिडा भोग्नुपर्ने बाध्यता कहिले अन्त्य होला भण्डारीले दुखेसो गर्दे भने— सरकार फेरीएका फेरिएैछन तर दुर्गमबस्तीका नागरिकका पिडामा मलमपटटी लगाउने कोही भएनन ।
स्थानिय सरकार परशुराम नगरपालिका र वडा सरकारहरुले समयमै अबरुद्ध बनेको स्थानिय सडकहरु सुचारु गर्नमा ढिलाई गर्न नहुनेमा स्थानियहरुको भनाई छ ।



