Amargadhi Post

बैतडी बस दुर्घटना अपडेट ः १३ को मृत्यु ३५ घाईते

टेकराज अवस्थी
डडेल्धुरा,माघ,२३ गते । हिजो बैतडीमा भएको बस दुर्घटनामा परि १३ जनाको मृत्यु भएको छ भने ३५ जना घाईते मध्ये ५ जनाको धनगढी रिफर तथा २३ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । विहिवार पुर्चौडी नगरपालिका वडा नं. ७ बडचौर बैतडीमा भएको सुदूरपश्चिम प्रदेश ०२, ००१ ख १११९ बस दुर्घटनामा ८ जनाको घटनास्थलमै र ५ जनाको डडेलधुरा अस्प्ताल डडेल्धुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा जिल्ला बझाङ, बित्थडचिर गा.पा. ७ बस्ने वर्ष ४० को केशब राजजोशी, ऐ.बस्ने वर्ष १३ को अशोक राज जोशी, ऐ.बस्ने वर्ष ३५ को बसन्त जोशी, ऐ.बस्ने वर्ष ४१ को बिष्णु दत्त जोशी, ऐ.बस्ने वर्ष ४२ को नरेश राज जोशी, ऐ.केदारस्यु गा.पा. बस्ने वर्ष ६० को मोहन देव भट्ट, ऐ.जयपृथ्बी न.पा ०७ बस्ने वर्ष ४० को बसन्त राज रतला, ऐ. बित्थडचिर गा.पा ०७ बस्ने वर्ष १७ को बिसन दत्त जोशी रहेका छन । घाईते मध्ये ७ जना सामान्य र अस्पतालमा पुगेर उपचार पछि डिस्चार्ज गरिएको छ भने मृतकको सनाखत गनैृ कार्य भईरहेको छ ।


पुर्चौडीबाट फिर्ता हुने क्रममा विवाहको बस अनियन्त्रित भई सडकबाट १५० मिटर तल भिरमा खसेको र चालक कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नंं. ७ हल्दुखालका वर्ष ४२ का बिरेन्द्र बुडालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरेहको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।