Amargadhi Post

डडेल्धुरा एमालेको चुनाबी अभियानको तिब्रता ः नबदुर्गा गाँउपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न

अमरगढी पोष्ट समाचार
डडेल्धुरा माघ २४ गते । नेकपा एमाले नबदुर्गा गाउपालिका स्तरीय अगुवा कार्यकर्ता भेला नबदुर्गा ३ डाँडाबनमा सम्पन्न भएको छ । आसन्न फागुन २१ गतेको प्रतिनिधी सभाको निर्बाचनलाई लक्षित गरेर आयोजना गरिएको अगुवा कार्यकर्ता भेलाले ७५ सदश्यिय मुल प्रचार प्रसार समिति निर्माण गर्दे सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्नुहुदै पार्टिका उम्मेदवार तथा पुर्ब राष्ट्रिय सभा सदश्य चक्रप्रशाद स्नेहीले जिल्लाको समग्र बिकास र जनताको आबश्यकतालाई मध्यनजर गरेर निति निर्माण देखि बजेट सम्मको ब्यबस्थापनमा मुख्य ध्यान दिने गरि अघिबढ्ने प्रतिबद्धता ब्यक्त गनुभयो ।


३५ बर्ष एउटै ब्यक्ति जनप्रतिनिधी बनाएर जिल्लाबासीले पठाए तर आज पनि गाँउ समाजमा साना साना योजना र मागहरु छन सम्बोधन हुन नसक्नु बिडम्बना भएको भन्दै स्नेहीले आफु निर्बाचित भएको पाँच बर्षमा डडेल्धुराको मुहार फेर्ने गरि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । एमाले सरकारमा रहँदा जनताका पक्षमा गरेका थुप्रै कामहरुको चर्चा गर्नुहुदै स्नेहीले राष्ट्र र राष्ट्रियताका सवालमा स्पष्ट अडान र दृष्टीकोण भएकाले आफ्नो जितको सुनिश्चितता भएको बताउनुभयो । आफ्ु बिगतमा राष्ट्रिय सभामा रहदा जिल्लाको बिकास समृद्धीका लागी आफुले खेलेको भुमिका महत्वपुर्ण रहेको भन्दै स्नेहीले जेनजीका नाममा देश जलाउनेहरुका हातमा दिने की देश बनाउनेहरुका हातमा दिने भन्ने बिषयको फैसला गर्न जनता आतुर रहेको बताउनुभयो ।
अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुदै नेकपा एमाले केन्द्रीय सदश्य एबम पुर्बमन्त्री पठानसिह बोहराले देश जलाउने भन्दा देश निर्माण गर्ने शक्तिलाई मतदान गरेर सिहदरबार पठाउनुको बिकल्प नभएको भन्दै यो निर्बाचनको प्रमुख मुद्धा बनेको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदश्य एबम नबदुर्गापालिका इन्र्चाज तारा खातीले चुनाबी अभियानलाई तिब्रता बनाउने गरि कार्ययोजना निर्माण हुने र सोही अनुरुप नेता कार्यकर्ताहरु परिचालन हुने बताउनुभयो । नबदुर्गाका ५ वटै वडा भेला र टोल भेला गरेर घरदैलो अभियानलाई तिब्रता पार्ने छौं पालिका इन्चार्ज खातीले भनिन— नेता कार्यकर्ताहरु १ महिना आफ्नो ब्यक्तिगत काम भन्दा पार्टीले दिएको जिम्मेवारी लिएर बस्ती बस्ती सम्म पुग्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले चुनाबी अभियानलाई तिब्रता दिने गरि पालिका स्तरीय अगुवा कार्यकर्ता भेला धमाधम सम्पन्न भईरहेको जानकारी गराउनुभयो ।


परशुराम,आलिताल,भागेश्वर,अमरगढीको भेला सकिएको नबदुर्गा गाउपालिकाको भेलाले कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सचिबालय सदश्य ज्ञानु गैरे,एमाले नेता गजेन्द्र शाही,नेकपा एमाले प्रचार बिभाग प्रमुख सुन्दर जैरु ,एमाले नेता धनबहादुर धामी बिबेक लगायतका नेताहरुले भेलालाई सम्बोधन गरेका थिए । भेलाको अध्यक्षता नबदुर्गा गाँउपालिका अध्यक्ष लोकराज भट्टले गर्नुभएको थियो भने स्वागत मनतब्य जिल्ला कमिटि सदश्य एबम नबदुर्गा गाँउपालिकाका नेता कृतबहादुर साँउदले गर्नुभएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।