Amargadhi Post

डडेल्धुराका जेनजी (स्वतन्त्र) उम्मेदवार गौरब चुनाबी अभियानलाई तिब्रता बनाउदै

अमरगढी पोष्ट समाचार
डडेल्धुरा माघ २४ गते । डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार बनेका गौरब ऐर चुनाबी अभियानलाई तिब्रता बनाएका छन । जेनजीको असली उम्मेदवार आफु रहेको भन्दै डडेल्धुराको नबदुर्गा गाँउपालिका १ का स्थानीयबासी ऐरले गाँउबस्तीमा पुगेर आफ्ना चुनाबी ऐजेण्डा र चुनाबी प्रतिबद्धतापत्र हातहातमा दिएर प्रचारलाई तिब्रता पारेका हुन । चुनाबी अभियानलाई लिएर शनिबार नबदुर्गा गाँउपालिका वडा ३ डाडाबन क्षेत्रमा घरदैलो अभियान गरिरहेका ऐरले परिबर्तनको ऐजण्डा र भ्रष्टाचारमुक्त देश बनाउने पक्षधर जनताले साथ दिएर सिहदरबार छिर्ने दाबी गरेका छन । जेनजीको आन्दोलनपछि देशले परिबर्तन खोजेको छ त्यसैले मेरो उम्मेदवारी हो गौरबले भने— जनताको साथ लिएर डडेल्धुराबाट सिहदरबार छिर्ने योजना रहेको बताए । देश भ्रष्टीकरण र अराजकतामा गएको छ यसलाई सही दिशामा डोरयाउन हामी जस्ता युबाहरुको खाँचो छ त्यसैले उम्मेदवारी दिएको हु जित सुनिश्चित रहेको छ जनता हाम्रो साथमा छन ढुक्क छौं ।


गौरबको चुनाबी अभियानलाई साथ दिदै डडेल्धुराका समाजिक अभियान्ता सुरत तमौली,मदन बोहरा लगायतका सयौ युबाहरु लामबद्ध छन र भन्छन जित युबाको हो जनताको युबाको पक्षमा छन स्वतन्त्रको पक्षमा छन भन्दै चुनाबी अभियानलाई ब्यापकता बनाएका छन । गौरबले बिपी काँग्रेसका प्रभाबशाली नेता करुणाकर भट्टको घरमै पुगेर भोट दिएर सहयोग गर्न आग्रह गरेका छन । उम्मेदवार ऐरलाई स्वागत गर्दे नेता भट्टले शुभकामना दिएका छन । स्वतन्त्रका उम्मेदवार ऐरले बिपी काँग्रेसको साथ र सहयोग आफुलाई नै रहने दाबी गर्दे आएपछि चुनाबी प्रतिष्पर्धा निकै रोचन बन्ने देखिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।