लक्ष्मी ऐर
डडेल्धुरा,फागुन १ गते । आसन्न फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्बाचनमा पुर्ब प्रधानमन्त्री एबम काँग्रेसको गढमानिएको डडेल्धुरा जिल्लामा यो पटक निकै प्रतिष्पर्धा हुने देखिएको छ ।
देउवाको बिरासतका रुपमा हेरिएको डडेल्धुरा जिल्लामा यो पटक उहा निर्बाचनको मैदानमा नआएपछि नया उम्मेदवारहरुका बिचमा तिब्र प्रतिष्पर्धा हुने आकलन गरिएको छ । चुनाबी प्रतिष्पर्धामा कसले बाजी मार्छ त्यो भने अहिले नै आकलन र ठम्मयाउन सकिने अबस्था नदेखिएको जानकारहरु बताँउछन ।
एक मात्रै निर्बाचन क्षेत्र रहेको डडेल्धुरा जिल्लामा २०४८ साल देखि निरन्तर रुपमा देउवा निर्बाचित हुदै आएपनि यो पटकपनि निर्बाचन लड्ने इच्छा देखाएपछि डडेल्धुरा काँग्रेसले एकल सिफारिस गरेको थियो । काँग्रेस भित्रको बिशेष महाधिबेशनले पार्टी सभापति देउवालाई हटाएर गगन थापा नेतृत्वमा गठन भएपछि पार्टी भित्र तिब्र असन्तुष्टी सिर्जना भएको थियो ।
तत्कालिन महामन्त्री थापा सभापतिको जिम्मेवारीमा आएपनि देउवा पक्षले असन्तुष्टी जनाउदै उम्मेदवार नबन्ने भएपछि डडेल्धुरामा काँग्रेसका केन्द्रीय पुर्ब केन्द्रीय सदश्य एबम नेपाल बिद्यार्थि संघका पुर्ब अध्यक्ष नैनसिह महर उम्मेदवार बनेका हुन ।
डडेल्धुरा जिल्लाबाट लगातार सात पटक प्रतिनिधी सभामा निर्बाचित भएका देउवा यो पटक उम्मेदवार नबनेपछि डडेल्धुरा जिल्लामा रोचक प्रतिष्पर्धा हुने देखिएको छ । डडेल्धुरा काँग्रेसले आफ्नो बिरासत कायमै राख्ने योजनाका साथ चुनाबमा होमिएको छ भने अन्य पार्टीका उम्मेदवारहरु आफ्नो पक्षमा जित हासिल गर्ने गरि अघि बढीरहेका देखिन्छन ।
काँग्रेसको बिरासतलाई तोड्न र आफ्नो पक्षम जनमत सिर्जना गर्न नेकपा एमालेका उम्मेदवार एबम पुर्ब राष्ट्रिय सभा सदश्य चक्रप्रशाद स्नेही,नेपाली कम्युनिष्ट पार्टीका नेता एबम उम्मेदवार मानसिह माल,राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एबम सुदुरपश्चिम प्रदेश सभाका सदश्य डा.तारा प्रशाद जोशी,राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदश्य एबम उम्मेदवार गोबिन्द खडायत र स्वतन्त्र उम्मेदवार तथा जेनजी प्रतिनिधी गौरब ऐरले पछ्याई रहेका देखिन्छन ।
मुख्यतया काँग्रेस,एमाले,माओबादी र रास्वपाका उम्मेदवार बिच तिब्र प्रतिष्पर्धा हुने देखिएको बताईएपनि राप्रपा र स्वतन्त्र उम्मेदवारले पनि आफ्नो पक्षमा परिणाम आउने दाबी गर्दे आईरहेकाछन ।
चुनाब नजिकिदै जाँदा काँग्रेस,एमाले,नेपाली कम्युनिष्ट पार्टी र रास्वपाका उम्मेदवारहरुले जिल्लाका सातवटै पालिकामा चुनाबी अभियानलाई तिब्रता बनाईरहेका छन । काँग्रेसका उम्मेदवार महरले सातवटै पालिकाका अगुवा कार्यकर्ताहरु संग भेटघाट गर्दे मत मागेर जिल्ला फर्किएका छन । यसैगरी नेकपा एमालेका उम्मेदवार स्नेहीले सातवटै पालिकाका अगुवा कार्यकर्ता भेला सम्पन्न गरेर कार्ययोजना निर्माण गरेर वडा,बस्ती र टोल सम्म पुग्ने गरि कार्ययोजना बनाईरहेको बताईएको छ । स्नेही जिल्लाको भित्रीमद्येश क्षेत्र अर्थात भोट बैंकका रुपमा रहेको भित्रीमद्येशका स्थानीय बासिन्दा हुन ।
अर्का उम्मेदवार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मालले पनि सातवटै पालिकामा चुनाबी कार्यक्रमलाई तिब्रता दिएर भित्रीमद्येश क्षेत्रको भोटलाई आफ्नो पक्षमा पार्न चुनाबी अभियानलाई तिब्रता पारेका छन । उनी पनि भित्रीमद्येश क्षेत्रका स्थानीय बासिन्दा हुन । यसैगरी रास्वपाका उम्मेदवार जोशीले पनि भित्रीमद्येश क्षेत्रको परशुरामा नगरपालिका,आलिताल गाँउपालिकाको गाँउबस्ती सम्म पुगेर भोट मागीरहेका छन । यसैगरी राप्रपाका उम्मेदवार गोबिन्द खडायतले पनि सातवटै पालिकामा चुनाबी अभियानलाई तिब्रता दिईरहेका छन । उनले हिन्दु राष्ट्र कायम गर्नुपर्ने र राजसंस्था बिना देश चल्न नसक्ने भन्दै राजसंस्था कायम राख्न आफ्नो उम्मेदवारी रहेको बताउदै आएका छन ।
जेनजीले गरेको बिद्धोह पुराना पार्टीहरुको सत्ता लिप्सा र भ्रष्टाचार नियन्त्ररण गर्दे एकाधिकारको अन्त्य गर्न जेनजी बिद्धोह भएको र त्यसको पक्षमा आफ्नो उम्मेदवारी रहेको भन्दै स्वतन्त्र उम्मेदवार ऐरले चुनाबी अभियानलाई तिब्र पारेका छन । हरेक निर्बाचनमा देउवा उम्मेदवार बनेर गृह जिल्ला आउदा निकै तडकभडक देखिएपनि यो बर्ष हरेक पार्टीले नया उम्मेदवार चयन गरेपछि चुनाबी प्रति निकै रौनक बन्ने देखिएको बिश्लेषकहरुले बताउदै आएका छन ।



