Amargadhi Post

राष्ट्रको पक्षमा उभिदा एमाले प्रतिको घेराबन्दी किन ? उम्मेदवार स्नेही

लक्ष्मी ऐर
डडेल्धुरा,फागुन १ गते । प्रतिनिधी सभाका उम्मेदवार एबम नेकपा एमालेका नेता चक्रप्रशाद रसाईली स्नेहीले राष्ट्रका पक्षमा बोल्दा चौतर्फी घेराबन्दी किन भन्दै आक्रोश ब्यक्त गर्नुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधी सभा निर्बाचनका लागी उम्मेदवारी दिएका स्नेहीले संबिधान घोषणा गर्दा भारत रिसायो तर एमालेले राष्ट्रको हितमा संबिधान भएको भन्दै जारी गराएर छोड्यो परिणाम एमाले सरकारबाट बाहिरियो यस्तो पिडा कहिले सम्म भोग्ने प्रश्न गर्दे उहाले भन्नुभयो । कालापानी र लिम्पीयाधुरा नेपालको भुमी हो भारतले आखा लगाउन पाईदैन भन्दै एमालेको नेतृत्वमा सरकार छदा नक्सा जारी गर्दे नेपालको भुमी हो भारतले कब्जा गर्न पाउदैन भन्दै पुर्ब प्रधानमन्त्री एबम एमाले अध्यक्ष केपी शर्मा ओलीले चर्काे स्वरमा बोलेपछि सरकार छाड्न बाध्यो भए तर सम्झौता गरेनन स्नेहीले भने— राष्ट्रको पक्षमा बोलेबाफत एमाले प्रतिको घेराबन्दीलाई जनताले मतदानबाट अस्विकार गरि छाड्ने बताउनुभयो ।
डडेल्धुराका सातवटै पालिका र जिल्ला सदरमुकामको घरदैलो र बस्ती भेटघाट गरेर गृह नगर परशुराम पुगेका स्नेहीले देश निर्माण र राष्ट्रका पक्षमा दरिलो भएर उभिने पार्टी र उम्मेदवारमा मतदान गरेर सिहदरबार पठाउने जनता बिचको सल्लाह भएको भन्दै आफ्नो बिजयीलाई कसैले रोक्न नसक्ने बताउनुभयो । प्रेश चौतारी नेपाल संगको सम्बाद कार्यक्रममा बोल्नुहुदै स्नेहीले एमाले सरकारमा रहदा गरेका बिकास निर्माण र राष्ट्रका पक्षमा गरेका कामहरुले आफ्नो बिजयी सुनिश्चित भएको बताउनुभयो ।
नेकपा एमालेका केन्द्रीय सदश्य एबम डडेल्धुराका लोकप्रिय तथा बिकासबादी नेता पुर्ब मन्त्री पठानसिह बोहराको साथ र सहयोग पाएका उम्मेदवार स्नेहीले आफु चार बर्ष राष्ट्रिय सभाको जिम्मेवारीमा रहदा डडेल्धुराको बिकास र समृद्धीमा थोरै भएपनि इटा थपिएको दाबी गर्नुभयो । राष्ट्रिय सभामा सहकारी पिडितका समस्या देखि मुक्त हलियाको ब्यबस्थापनका सवालहरुमा बारम्बार अवाज उठाए तर कतिपय सवालहरु समाधानउन्मुख भए कतिपय हुन बाँकी छन त्यसैले मेरो उम्मेदवारी हो स्नेहीले भन्नुभयो— भित्रीमद्येशका बाढीपिडितहरुका बिषयमा हुन की बलत्कारपछि हत्या गरिएकी महिलाहरु हुन छानबिन गरि दोशीउपर कारबाही सम्मका सवालमा अवाज उठाएका हौं तर कति कार्यान्वय भए कति भएनन त्यसैले जनताको अवाज निति निर्माण बनाउने थलोमा पुग्न जरुरी छ ।
रोजगार देखि बिकास निर्माणको बजेटका सन्र्दभमा होस या डडेल्धुरा आर्थिक समाजिक र साँस्कृतिक सवालमा किन नहोस हरेक बेला अवाज उठाएको छु स्नेहीले भने— सबैभन्दा डडेल्धुराको समस्या भित्रीमद्येमा छोटी भन्सार नहुनु र पर्यटकीय क्षेत्रको बिकासको दिर्घकालिन र अल्पकालिन योजनाको डिपीआर बन्न नसक्नु नै कमजोरी रहेको स्विकार गर्नुभयो ।
जनताको साथ र सहयोग पाए कञ्चनपुर दैजी जोगबुढा हुदै रुपाल चिरकिट्टे पोखरा सडकखण्ड कालोपत्रे गर्ने र कृर्षी क्षेत्रका साना तथा मझौला उद्योगहरु संचालन गरेर डडेल्धुराका युबाहरुलाई रोजगारी सिर्जना गर्ने आफ्नो लक्ष्य रहेको स्नेहीले बताउनुभयो । सुदुरपश्चिमका सात पहाडी जिल्लामा डडेल्धुरा बाहेक सबै जिल्लामा एयरपोर्ट बनेका छन तर पहाडी जिल्लाको मुख्यद्धार डडेल्धुरामा नै हुन नसक्नु बिडम्बना भएको भन्दै मेरो प्राथमिकताको योजनाभित्र रहेको स्मरण गराउनुभयो । डडेलधुरा सदरमुकामको सडक अस्तब्यस्त छ ग्रामिण सडक धुलाम्य र कच्ची छन यिनीहरुको स्तरोउन्नती गरिने बताउनुहुदै स्नेहीले सबैभन्दा स्वास्थ्य क्षेत्रमा समस्या रहेकाले यसलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । डडेल्धुरामा मेडिकल कलेज बनाउनुपर्छ भनेर सदन र सडकबाट बारम्बार अवाज उठाए तर निर्माण प्रक्रियामा छ तर गतिलिन सकेको छैन यो मेरो चिन्ताको बिषय हो स्नेहीले भन्नुभयो ।
यो जिल्ला काग्रेसको एकछत्र राज रह्यो र देउवा जी पटक पटक प्रधानमन्त्री हुनुभयो तर जिल्लाको समस्या ज्युका त्यु छन उहा चुनाबका बेला मात्रै जिल्लामा देखिने प्राय समय राजधानीमै बसेर जिल्लाको बिषयमा गम्भिर नबनेका कारण जिल्लबासीले पिडा भोगीरहेको स्मरण गराउनुभयो । काग्रेसका पुर्ब सभापति एबम पुर्ब प्रधानमन्त्री डडेल्धुरा जिल्लाले पटक पटक पायो तर अबस्था फेरिएन त्यसैले बिकास र समृद्धीको स्पष्ट खाका एमाले संग छ त्यसको खाका हामी संग छ दृढभएर कार्यान्वयन गराएर छोड्छौ स्नेहीको दाबी थियो । देश जलाउनेहरुबाट जनताले आश गरेको छैन देश बनाउने शक्तिहरुबाट आश गरेका छन त्यसैले जनताजनार्दन हुन देश बनाउनेहरुलाई जिम्मा दिने गरि फागुन २१ को मतदानको सहभागी हुन आतुरमा छन । डडेल्धुरा जिल्ला झण्डै ३५ बर्षदेखि काँग्रेसको एकछत्र कब्जामा थियो तर गर्न चाहेको भए डडेल्धुरा बिकासको नमुनाको जिल्ला भनेर चिनिन्थ्यो तर दुर्भाग्य भयो त्यसैले काम गर्ने मान्छेलाई जनताले मतदान गरेर सिहदरबार पठाउने कुरामा आफु बिश्वस्त रहेको बताउनुभयो । काग्रेसले आफ्नो बिरासत जोगाउन देउवा पछि नेबिसंघको राजनितिमा उदाएका नैनसिह महरलाई उम्मेदवार बनाएपनि एमालेबाट स्नेही,नेपाली कम्युनिष्ट पार्टी,राप्रपा,राष्ट्रिय स्वतन्त्र पार्टी गरि १३ जनाको उम्मेदवारी हुदै चुनाबी अभियामा जुटीरहेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।