लक्ष्मी ऐर
डडेल्धुरा,फागुन ५ गते । सुदुरपश्चिमको पहाडी जिल्ला डडेल्धुराका बनजंगलहरुमा लालीगुरास ढकमक्क फुलेको छ । ढकमक्क फुलेको लालीगँ रासले डडेल्धुराको सौन्र्दयता मात्रै उजागार गरेको छैन स्थानीयहरु झुमिन थालेका छन ।
फागुन,चैत महिनामा फुल्ने लालीगुराँस यस पटक माघ÷फागुनमै ढकमक्क फुलेपछि स्थानीयवासी अचम्मित बनेका छन ।
नेपालका पहाडी भेगमा फागुन–चैततिर मात्र फुल्ने लालीगुराँस यस वर्ष भने तापक्रम वृद्धि,वर्षा तथा हिमपातमा आएको कमीका कारण समयअघि नै फुल्न थालेको जिल्ला बन कार्यालय डडेल्धुराका सहायक बन अधिकृत प्रकाश जोशीले बताउनुभयो । विशेष गरी भीमदत्त राजमार्गको सडक खण्ड गैरा, हगुल्टे, स्याउले, अनारखोली छेउछाउमा लालीगुराँस ढकमक्क फुलेको दृश्य देख्न सकिन्छ ।

यस वर्ष तापक्रम अपेक्षाकृत उच्च रहनु, वर्षा कम हुनु र हिमपातमा कमी आउनुका कारण लालीगुरास फुल्ने गरेको जोशीले बताउनुभयो । जलवायु तथा वातावरण क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा तापक्रम क्रमश ः बढ्दै जानुले र्मौसमी परिबर्तनका कारण यो अबस्था सिर्जना भईरहेको वताईएको छ ।


