Amargadhi Post

देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ अध्यक्ष ओली

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,फागुन ८ गते । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताउनुभएको छ । पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उहाँले आगामी निर्वाचन राष्ट्र घात र स्वाभिमानबिचको सङ्घर्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ । हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिँड्ने हो ।”

अध्यक्ष ओलीले घोषणा पत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा, र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । “निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने छौँ,” उहाँले भन्नुभयो । अध्यक्ष ओलीले भदौ २४ गतेको महाविनाश अप्रत्याशित घटना नभई नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण रहेको बताउनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।