Amargadhi Post

डडेल्धुरामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई अभिमुखीकरण तालिम सम्पन्न

लक्ष्मी ऐर 
डडेल्धुरा,फागुन ११ गते । डडेल्धुरामा आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सम्पन्न गर्नका लागी मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई एक दिवशिय अभिमुखीकरण तालिम सोमबार सम्पन्न भएको छ । जिल्ला निर्बाचन कार्यालय डडेल्धुराको आयोजनामा गरिएको अभिमुखीकरण कार्यक्रममा मुख्य निर्बाचन अधिकृत तथा जिल्ला न्यायधिश अरुण कुमार कोईराला,प्रमुख जिल्ला अधिकारी बिष्णुप्रशाद कोइराला लयातका अधिकारीहरुले सहजीकरण गर्नुभएको थियो ।


डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा सम्पन्न गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा जिल्लाका १२० जना भन्दा बढीको सहभागिता रहेको थियो । आसन्न फागुन २१ गतेको प्रतिनिधी सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष भयरहित बाताबरणमा सम्पन्न गराउनका लागी जिम्मेवारी पाएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई एक दिने अभिमुखीकरण तालिम दिईएको जिल्ला निर्बाचन कार्यालय डडेल्धुराका निर्बाचन अधिकारी करुणाकर अबस्थीले जानकारी दिनुभयो । प्रतिनिधिसभातर्फ एकमात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ९३ हजार ४०३ मतदाता छन । डडेल्धुरामा जम्मा महिला ४५ हजार ९८३ र पुरुष ४५ हजार ९३६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । डडेल्धुरामा यस बर्ष एक अस्थायी मतदान केन्द्र थप गरेर १४२ मतदान केन्द्र रहेको बताईएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।