लक्ष्मी ऐर
डडेल्धुरा फागुन १९ गते । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भारतसँग जोडिएका जिल्लाका सबै सीमा नाका तीन दिन बन्द गर्ने निर्णय गरेको छ । प्रशासनले यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सबै सीमा नाका बन्द गरेको हो ।
प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म भारतसँग जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहनेछन ।
निर्वाचनलाई भयरहित र व्यवस्थित ढंगले सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले जानकारी दिएका छन । प्रशासनले उक्त अवधिमा सीमा क्षेत्रबाट आवतजावत नगर्न तथा सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

