Amargadhi Post

डडेल्धुराको मतगणना ११ बजेबाट सुरु हुने

लक्ष्मी ऐर 
डडेल्धुरा,फागुन २२ गते । डडेल्धुरामा प्रतिनिधि सभा निर्वाचन मतगणनाको गणना ११ बजेबाट सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने सहमती भएको छ । मतगणना परशुराम नगरपालिकाबाट सुरु हुने भएको छ । परशुराममा २२ हजार २९१ म्त मध्ये ११ हजार ९३७ मत खसेका छन ।
जिल्लाको कुल मतदाता ९३ हजार ४०३ रहेकोमा ४५ हजार ९०९ मत खसेको छ । जसमा महिला २५ हजार ३१३ र पुरुष २०५९६ रहेका छन । १४२ वटा मतदानकेन्द्र रहेकोे जिल्लामा सबै मतदानकेन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।