Amargadhi Post

डडेल्धुरामा रास्वपाका तारा जोशी बिजयी

लक्ष्मी ऐर 
डडेल्धुरा फागुन २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा.ताराप्रशाद जोशी बिजयी भएका छन । उनलृ १९ हजार १३१ मत ल्याएर बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार नैन सिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् ।
नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ र नेकपा एमालेका उम्मेदवार चक्रप्रशाद स्नेहीले ३ हजार २६ मत प्राप्त गरेका छन् । जिल्लाको कुल मतदाता ९३ हजार ४०३ रहेकोमा ४५ हजार ९०९ मत खसेको थियो । जसमा महिला २५ हजार ३१३ र पुरुष २०५९६ रहेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।