Amargadhi Post

प्रमुख प्रशासकीय अधकिृत र राजस्व शाखा प्रमुखसहति ५ जनावरिुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,साउन,१९ गते । अख्तयिार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालकिामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा अनयिमति रूपमा राजस्व छुट दएिको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधकिृत लालबहादुर योगी र तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरीसहति पाँच जनावरिुद्ध वशिेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार आर्थकि वर्ष २०७६(७७ मा गढवा गाउँपालकिा(१ अन्तर्गत राप्ती नदी क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननका लाग िभएको ठेक्काको कार्यान्वयन क्रममा आवश्यक स्थलगत नरिीक्षण, नापजाँच तथा प्रावधिकि प्रतविेदनबनिै ठेकेदार कम्पनीलाई दोस्रो कस्तिाको बैंक जमानतबापत १ करोड ४१ लाख ५० हजार रुपैयाँ राजस्व मनिाहा गरएिको थयिो।

अनुसन्धानबाट तत्कालीन प्रमुख प्रशासकीय अधकिृत योगी र तत्कालीन राजस्व शाखा प्रमुख चौधरीले अन्य प्रतविादीसँगको मलिेमतोमा प्रचलति कानुन तथा ठेक्का सम्झौता वपिरीत नर्णिय गराई स्थानीय तह र लुम्बनिी प्रदेश सरकारको राजस्वमा हान िपुर्‍याएको पुष्ट िभएको आयोगको दाबी छ।

आयोगले दुवै राष्ट्रसेवकवरिुद्ध भ्रष्टाचार नविारण ऐन, २०५९ अन्तर्गत जनही १ करोड ४१ लाख ५० हजार रुपैयाँ बगिो कायम गरी कैद, चुहावट भएको राजस्व रकम बराबरको दोब्बर जरविाना तथा कानुनबमोजमि थप सजायको माग गरेको छ। यसै मुद्दामा गढवा गाउँपालकिाका तत्कालीन अध्यक्ष सहजराम अहरि तथा ठेकेदार कम्पनी सगुन कन्स्ट्रक्सन एन्ड इन्जनियिरङि प्रालकिा प्रबन्ध नर्दिेशक शहदेव खड्का र प्रतनिधि िवकिास पुनलाई पन िप्रतविादी बनाएर वशिेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरएिको आयोगले जनाएको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।