Amargadhi Post

डडेल्धुराका अधिकाँस सरकारी कार्यालय प्रमुख बिहिन, सेवाग्राही मर्कामा

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,साउन,२२ गते । डडेल्धुराका अधिकाँस सरकारी कार्यालयका प्रमुख एकसाता देखि जिल्लामा नहुदाँ सेवाग्राही मर्कामा परेका छन ।
असार मसान्त सकिएसंगैं कार्यालय प्रमुखहरु घरबिदा देखि कार्यालयको कामकाज भन्दै बिदा लिएर जिल्ला छोडेपछि दैनिक कामकाजमा समस्या आएको छ ।
गाँउबस्तीबाट सेवाग्राहीहरु बिभिन्न कामले जिल्लाका अफिसहरुमा पुग्छन कार्यालय प्रमुख नहुदा रित्तो हात फर्किन बाध्य छन सम्बन्धित निकायको चासो छैन ।
डडेल्धुराको एकमात्र संघिय अस्पताल डडेल्धुराका मेसु डा.सुधा देबकोटा दुईसाता देखि काठमाण्डौमा छन । अस्पताल जस्तो संम्बेदनशिल क्षेत्रमा लामो समय बिदा बस्दा कार्यालयको कामकाज मात्रै होईन सेवा समेत प्रभाबित भएको छ । अस्पतालमा कर्मचारी भर्नाका बिषयमा ब्यापक बिबाद सिर्जना भएपछि जिल्ला छोडेका मेसु देबकोटा दुईसाता बितिसक्दा समेत जिल्ला फर्केका छैनन ।
अस्पतालमा कर्मचारी भर्नाको बिबाद मात्रै छैन आफ्‌ना निकटका ब्यक्तिहरुलाई कोटेशन दिएको आरोप समेत लागेपछि उहाले जवाफ दिनुको साटो बिभिन्न बहनाबनाएर काठमाण्डौं गएको आरोप लागेको छ । उहाँ जस्तै बिबादित बनीरहने पुर्बाधार बिकास कार्यालय डडेल्धुराका प्रमुख नबराज रावल पनि एकसाता देखि कार्यालयमा छैनन । सबैभन्दा कम कार्यालयमा उपस्थिती हुने हाकिमका रुपमा रहेका रावल कहिले कोटेशन दिएर बिबादित बनेका हुन्छन भने कहिले कार्यालयमा नबसेका कारण बढी बिबादित हुने गरेका छन ।
बजेट खर्च गर्न नसकेर सबैभन्दा बढी बजेट फ्रिज गर्ने कार्यालयका रुपमा रहेको बिकासे कार्यालय पुर्बाधार बिकास कार्यालय डडेल्धुरा प्रमुख रावल कार्यालयमा सबैभन्दा कम बस्ने प्रमुखका रुपमा रहेको भन्दै सेवाग्राही उनीप्रति निकै असन्तुष्ट छन । सरकारले शुसासन पारदर्शिता,जिम्मेवारी र सेवाप्रबाहलाई चुस्तदुरुस्त बनाउने घोषणा गरेपनि डडेल्धुरा जिल्लामा भने कर्मचारीहरु सेवाप्रबाह भन्दा पनि आफ्‌नो ब्यक्तिगत कामकाजलाई बढी प्राथमिकता राखेर सेवाप्रबाह गर्दा सेवाग्राही निकै मर्कामा परेका छन । डडेल्धुरा जिल्लामा रहेका सरकारी कार्यालयहरु मध्ये एकसाता देखि प्रमुख बिहिन भएका कार्यालयहरुमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय,खानेपानी तथा ढल ब्यबस्थापन कार्यालय,भेटनरी अस्पताल,आन्तरिक राजश्व कार्यालय डडेल्धुरा,जलश्रोत तथा सिचाई डिभिजन कार्यालय डडेल्धुरा,घरेलु तथा साना उद्योग बिकास समिति,अमरगढी नगरपालिका डडेल्धुरा,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यालय डडेल्धुरा,समाजिक बिकास कार्यालय डडेल्धुरा,शिक्षा समन्वय बिकास कार्यालय डडेल्धुरा,यातायात कार्यालय भु तथा जलाधार संरक्षण कार्यालय डडेल्धुराडडेल्धुरा लगायतका कार्यालयहरु प्रमुख छैनन ।

 लामो समय देखि कार्यालयमा अनुउपस्थिती हुदाँ समेत स्थानिय प्रशासनको ध्यान जान सकेको छैन । कार्यालय प्रमुख नहुदाँ सेवा प्रबाह प्रभाबित हुने भएपनि उनीहरुलाई बिशेष काम बाहेक बिदामा छोड्दा सेवाग्राही मर्कामा पर्ने कुरालाई सरकारले गम्भिरताका साथ लिनुपर्नेमा सरोकारवालाहरुको जोड छ । पछिल्लो समय कर्मचारीहरु कार्यालयमा नबस्दा सेवाग्राहीबाट बेलाबखतमा गुनासो आएपनि सम्बन्धित निकायको खासै चासो नजादा यो समस्या आउने गरेको बताईएको छ । जिल्लामा झण्डै दुई दर्जन भन्दा बढी कार्यालय रहेपनि मालपोत कार्यालय,नापी कार्यालय,हुलाक कार्यालय,बन डिभिजन कार्यालय,निर्बाचन कार्यालयका प्रमुखहरु मात्रै कार्यालयमा उपस्थिती भएको देखियो । बिभिन्न कामकाजको बहना बनाएर जिल्ला छोड्ने कार्यालय प्रमुखका सर्न्दभमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले निगरानी गर्नुपर्नेमा सेवाग्राहीहरुको जोड रहेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।