Amargadhi Post

नुहाउने क्रममा निसास्सिएर नेविसंघ डडेल्धुराका कार्यवहाक सभापति भण्डारीको मृत्यु

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,फागुन २७ गते । नेविसंघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको नुहाउने क्रममा निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ । २७ वर्षीय भण्डारीको सोमबार नुहाउने क्रममा निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ । अजयमेरु(१ गाउँपालिका स्थायी घर भएका भण्डारी हाल सदरमुकामस्थित अमरगढी नगरपालिका(५ मा अस्थायी रुपमा बसोबास गर्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहोराले भने, ुहोली खेलेर आएपछि नुहाउनका लागि भण्डारी बाथरुम गएका थिए। एकदमै साँघुरो बाथरुमा भेन्टिलेसन निकै सानो थियो। गिजरबाट नुहाउने क्रममा बाफ धेरै हुँदा निसास्सिएर मृत्यु भएको प्रारम्भीक अनुसन्धानमा देखिन्छ।

बाथरुम गएको निकै बेरपछि भण्डारीका अंकल नाता पर्नेले बोलाउँदा नबोलेपछि ढोका खोल्दा उनी बेहोस अवस्थामा फेला परेको प्रहरी निरीक्षक बोहोराले बताए। उपचारका लागि अस्पताल लैजाने क्रममा चिकित्सकले मृत घोषित गरेको उनले जानकारी दिए।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।