अमरगढी रेबार सम्बाददाता
डडेल्धुरा,भदौ,२३ गते । डडेल्धुरामा २० बेडको आईसोलेसन वार्ड निर्माण सुरु गरिएको छ । भागेश्वर गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय वासिन्दाको जनश्रमदानमा आईसोलेसन केन्द्र निर्माण गर्न सुरु गरेको हो ।
एक स्थानीय तह एक आईसोलेसन वार्ड निर्माण गर्नुपर्ने नेपाल सरकारको प्रावधान छ । सरकारको प्रावधान अनुसार गाउँपालिकाले करिव २० लाख रुपैयाँको लागतमा आईसोलेन वार्ड निर्माण भईरहेको आइसोलेसन वार्डको निर्माण कार्य भदौ महिना भित्रै सम्पन्न गर्ने गरी काम भईरहेको भागेश्वर गाउपालिकाकी अध्यक्ष कौशिला भट्टले बताईन् ।
आईसोलेसन वार्डमा महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा बनाईदै छन् । आईसोलेसन वार्ड भनिए पनि विरामी नभएका समयमा क्वारेन्टिनका लागि पनि प्रयोग गरिने गाउँपालिका अध्यक्ष भट्टले बताईन् ।
