लक्ष्मी ऐर
डडेल्धुरा माघ १ गते। आउदो फागुन २१ ग्ते हुने् आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी डडेल्धुरामा भर्ना गरिँदै आएको निर्वाचन प्रहरीको आवेदन म्याद थप गरिएको छ । २०८२।०९।२५ देखी २०८२ माघ १ गते सम्म तोकिएको भनै पनि माघ २ र ३ गते गरी २ दिनका सम्म्का लागि म्याद थप गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जानकारी दिन भयो ।
विभिन्न कारणले आवेदन दिन छुटेका योग्य तथा इच्छुक नागरिकलाई तोकिएको म्यादभित्र आवेदन दिन आग्रह गर्न भएको छ । े आवेदकमध्ये जिल्लामा ९ सय ४४ जना निर्वाचन प्रहरी छनोट हुने भनिए पनि हाल सम्म ८०६ जनाको मात्र दखास्त परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिन भयो । अपेक्षितभन्दा कमले निर्वाचन प्रहरीमा आवेदन गरेपछि म्याद दुई दिन थपेर माघ ३ गते सम्म राखेको हो ।
यसअघि निर्वाचनको सुरक्षामा सघाउने भर्ना गरिने सुरक्षाकर्मीलाई म्यादी प्रहरी भन्ने गरिएका थियो यसपालि निर्वाचन प्रहरी नाम राखिएको छ । देशैभर निर्वाचन प्रहरी भर्ना चलिरहेको छ ।
१८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको, साधारण लेखपढ गर्न जान्ने, फौजदारी अभियोग नलागेको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपमा स्वस्थ्य रहेको, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी नेपाली नागरिकलाई प्राथमिकता दिइनेछ । निर्वाचन प्रहरीमा दरखास्त निशुल्क हुनेर्छ उतिर्ण भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइनेछ माघ ३ गतेसम्म आवदेन दिनेहरूको सम्पर्क मिति माघ ४ गते तोकिनेछ ।
