लक्ष्मी ऐर
डडेल्धुरा माघ ४ गते । डडेल्धुरामा देउवा निकट नेपाली काँग्रेसका संगठनहरुले जिल्ला निर्वाचन कार्यालय डडेल्धुरा घेराउ गरेका छन ।
निर्वाचन आयोगले पार्टी सभापति शेरवहादुर देउवालाई आधिकारिकता नदिएको कारण काँग्रेसको भातृ संगठन नेपाल तरुणदल, नेपाल विद्यार्थी संघको आयोजनामा आईतबार निर्वाचन कार्यालय घेराउ गरिएको हो ।
नेपाल तरुणदलका जिल्ला सभापति करन बोहराका अनुसार आफनोे माग संवोधन नभए र निणर्य नसच्याए मँगलबार देखि बृहत रुपमा आन्दोलनमा जाने भनाइ रहेको छ ।
आईतबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा बसेको बैठकले आन्दोलनको कार्यक्रम गर्ने निर्णय बमोजिम निर्वाचन कार्यालय घेराउ गरिएको हो ।
घेराउ कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जगत ऐरले पटक–पटक यस जिल्लावाट चुनाव जित्दै आउनु भएका सभापति देउवा र सिंगो काँग्रेस प्रति अन्याय भएको वताउदै बिदेशीको चलखेलमा गरिएको यो निणर्य लोकतान्त्रिक नभएको बताउन भयो। यो कमद मान्य नहुने र निणर्य सच्याउन पर्न उहाको भनाइ रहेको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरावाट ०४८,०५१,०५६,०६४,७०,०७४ र ०७९मा सम्पन्न निर्वाचनमा लगातार रुपमा चुनाव जित्दै आउनु भएको छ ।यस अवधिमा डडेल्धुरा लगाएत कैलाली र कञ्चनपुरवाट समेत उहाँ बिजयी भएका छन ।
निर्वाचन आयोगले नेपाली काँग्रेसको बिशेष महाधिवेशनबाट आएको समुहलाई बैधानिकता दिएको र देउवालाई चुनाव लड्नबाट रोकेको भन्दै जिल्लामा व्यापक असन्तुष्टि बढिरहेको छ । निर्वाचन कार्यालयमा शुरक्षा व्यवस्था कडा पारिएको छ ।
घेराउ शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ । यद्यपि, माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी कांग्रेसले दिएको छ।
