लक्ष्मी ऐर
डडेल्धुरा माघ ५ गते । फागुन २१ गते हुने संघिय निर्बाचनका लागी भोली ६ गते हुने मनोनयन दर्ताको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ । मनोनयन दर्ता संगैं निर्बाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउने र निर्बाचन आचारसहिताको पुर्णपालना गर्नका लागी सोमबार जिल्ला स्थित सर्बपक्षिय बैठक सम्पन्न गरिएको मुख्य निर्बाचन अधिकृत तथा डडेल्धुरा जिल्लाका माननीय जिल्ला न्यायधिस अरुणकुमार कोईरालाले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न भएको सर्वपक्षीय बैठकमा मुख्य निर्वाचन अधिकृत कोईरालाले भोलि हुने मनोनयन दर्ताको लागि सबै तयारी पूरा भएको बताउनुभएको छ । उहाँले सबै राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सहयोग गर्न अपिल गर्नुभएको छ ।

सबै दलका प्रमुख एवं प्रतिनिधिहरूलाई निर्वाचन आयोगले जारी गरेको आचारसहिता तथा निर्देशिकालाई परिपालना गर्नका लागी मुख्य निर्बाचन अधिकृत कोईरालाले आग्रह गर्नुभएको छ । यसैगरी निर्वाचन कार्यालय डडेल्धुराले निर्वाचनको तयारी पूरा भएको बताईएको छ ।
निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख करुणाकर अबस्थीले मतदानस्थल, मतदान केन्द्र छनौट, अन्तिम मतदाता नामावली कायम, अस्थायी मतदाता नामावली सङ्कलन, कर्मचारी र मतदान सामग्रीको व्यवस्थापनमा जुटेको बताउनुभयो । डडेल्धुरामा १ सय ४ मतदान स्थल र ति मध्ये ३३ मतदान स्थल अति संवेदनशीलको सूचीमा रहेको अबस्थीले जानकारी दिनुभयो ।
विगतमा भए गरेका गतिविधिहरु तथा शान्ति सुरक्षाको दृष्टिकोणमा ३३ मतदान स्थलहरु अति संवेदनशीलको सुचिमा रहेका छन । सर्वदलीय छलफलमा जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी बिष्णुप्रशाद कोईराला लगायत चार वटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।



