डडेल्धुरा अस्पताल माथी लागेका आरोपका बिषयमा गम्भिर छलफल
अस्पताल प्रशासन र बिकास समिति जिम्मेवार बन्न आग्रह
अमरगढी पोष्ट समाचार
डडेल्धुरा,माघ,७ गते । डडेल्धुरा अस्पताल माथी लाग्दै आएका गम्भिर आरोप र गुनासाहरु माथी बुधबार जिल्ला स्थित सरोकारवालाहरु बिच बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ । डडेल्धुरा अस्पताल बिकास समितिको आयोजनामा डडेल्धुरा अस्पताल माथी लागेका गम्भिर आरोपका बिषयमा जानकारी गराउने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रमका सहभागीहरुले अस्पताल भित्र देखिएका बेथिती र समस्याहरुको पहिचान गरेर सुधार गर्नुको बिकल्प नरहेकोमा जोड दिईएको छ ।
मुख्यतया अस्पतालको स्वास्थ्य सेवाको अबस्था दैयनिय रहेको,शुसासन र पारदर्शिता कमजोर बनेको,कर्मचारी भर्नामा राजनितिकरण हुन लागेको र अस्पतालको सेवा सुबिधा भन्दा अस्पताल बिकास समितिको ध्यान आर्थिक लाभ संग जोडिएका बिषयमा बढी केन्द्रीत हुन थालेपछि अस्पताल अस्तब्यस्त बनेको गुनासो गरिएको थियो । यो सुधार गर्न जरुरी रहेको सहभागीहरुको जोड थियो । डडेल्धुरा अस्पतालका मेसु डा.सुधा देबकोटाले अस्पतालको भौतिक अबस्था र जनशक्ति र सेवा प्रभाहको अबस्थाका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

अस्पताल भित्र बनेका भौतिक संरचना अपुरा र अधुरा रहेको र डिजाईन स्टीमेटमा नै समस्या देखिएको र आगामी फागुन भित्र ३०० सय शैयाको अस्पताल बनाउनुपर्ने अहिलेको मुख्य चुनौती रहेको डा. देबकोटाले स्पष्ट पार्नुभयो । अस्पतालको श्रोत साधन न्युन रहेको र दरबन्दी बिनाका कर्मचारीहरु नियुक्ती गरेर सेवा प्रबाह गर्न निर्क चुनौती रहेको र मेडिकल कलेजका लागी ३०० सय शैयाको अस्पताल बनाउन बजेटको सुनिश्चित नहँुदा काम गर्न निकै समस्या रहेको उहाँले बताउनुभयो । अस्पताल प्रशासन र बिकास समिति भित्रै केही समस्या छन तिनको समाधान गरेर अघि बढ्छौं मेसु देबकोटाले भनिन — अस्पतालको समग्र बिकास र सेवा बिस्तार गर्नका लागी सबैको सहयोग अपरिहार्य रहेको छ । अस्पतालको समग्र अबस्था सेवा प्रबाह, अस्पतालले गरिरहेका सेवा सर्भिसहरुका बिषयमा सुचना अधिकारी टंकप्रशाद पन्त र आर्थिक बर्ष २०८१÷ ८२ को आयब्ययका बिषयमा लेखा अधिकृत ज्ञानप्रशाद सिजालीले प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत प्रतिबेदन माथी छलफल गर्दा अस्पताल भित्र देखिएका समस्याहरुको समाधान गर्दे र कानुन सम्मत रुपमा कार्यसम्पादन नहुँदा अस्पताल चौतर्फी आलोचनाको बिषय बनेको छ । कार्यक्रममा जिल्ला स्थित राजनितिकदल,संचारकर्मी अन्य सरोकारवाला निकायहरुले अस्पतालका सेवा बिस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दे कानुन भन्दा बाहिर गएर गरिने अपारदर्शिता र गैर जिम्मेवार काममा भने आफुहरुको सहयोग हुन नसक्ने सुझाब दिएका थिए । अस्पताललाई आबश्यक जनशक्ति चाहिएको हो भने लोकसेवा आगोगको प्रतिनिधीको रहोबरमा भर्ना गरौं पारदर्शिता अबलम्बना मात्रै होईन योग्य जनशक्ति छनौट गरौं यसले अस्पताल संचालनमा निकै टेपा पुयाउछ यसमा बिशेष ध्यान दिन अस्पताल प्रशासनलाई सहभागीहरुले जोड दिएका थिए ।

अस्पतालको बृहत्तरहितका लागी सामुहिक प्रयासको आबश्यकता खड्कीएमा सहयोग गरिने प्रतिबद्धता ब्यक्त गर्दे सरोकारवालहरुले अस्पताललाई राजनैतिक भर्तिकेन्द्र र अपारदर्शिता मौलाउने कार्यलाई नियन्त्ररणमा लिनुपर्नेमा जोड दिएका छन । अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर ओझाको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा अस्पतालको समग्र अबस्थाको बिश्लेषण सहित आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरुमा छलफल गरिएको थियो । कार्यक्रमा नेपाली काँग्रेसका जिल्ला सभापति भीमबहादुर साँउद नेकपा एमालेका जिल्ला अध्यक्ष गजेन्द्र शाही,नेपाली कम्युनिष्ट पार्टीका नेता चक्र ठकुराठी,राप्रपाका अध्यक्ष राजेन्द्र भण्डारी रास्वपाका सचिब यादब ओझा,नेपाल पत्रकार महासंघका सुदुरपश्चिम प्रदेश उपाध्यक्ष मानबहादुर साँउद अमरगढी नगरपालिकाका नगर प्रमुख डील्लीराज जोशी,प्रमुख जिल्ला अधिकारी बिष्णुप्रशाद कोईराला,जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक बरुणबहादुर सिह लगायतको सहभागीता रहेको थियो ।



