मानबहादुर साँउद
डडेल्धुरा,माघ,९ गते । यही फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदश्य निर्वाचनका लागी नेकपा एमाले डडेल्धुराबाट उम्मेदवार बन्नुभएका पुर्ब राष्ट्रिय सभा सदश्य चक्रप्रशाद स्नेहीले डडेल्धुरालाई समृद्ध जिल्ला बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ ।
झण्डै तिन दशक देखि डडेल्धुराबासीले एउटै ब्यक्तिलाई लगातार प्रतिनिधी सभामा निर्बाचित गरेर पठाउदा समेत उहाँले जिल्लाको बिकासमा खासै चासो र ध्यान दिन नसक्दा ब्यबस्था परिबर्तन भएपनि अबस्थामा खासै परिबर्तन नआएकाले डडेल्धुरा जिल्लाबाट उम्मेदवारी दिएको स्नेहीले दाबी गर्नुभयो ।
काँग्रेस डडेल्धुराले ३५ बर्ष सम्म एकै जनालाई उम्मेदवार बनायो र डडेल्धुरेली जनताले ६ पटक यो जिल्लाबाट बहुमत प्राप्त गरेर प्रतिनिधी सभा सदश्य चुनेर पठायो,पाँच पटक प्रधानमन्त्री पायो तर जिल्लाको बिकासको अबस्था कस्तो छ ? के पायो जिल्लाले ? किन हुन सकेन डडेल्धुराको बिकास ? यि प्रश्नको जवाफ जनताले यो पटक मतदान गरेर उत्तर दिनेछन मेरो बिश्वास हो नेता स्नेहीले संक्षिप्त धारणा राख्दै भन्नुभयो— जनता मालिक हुन,जनताले अबश्य परिबर्तन रोज्नेछन ।
मुलुकमा जातिय बिभेद र राणा शासनको दबदबा रहेका बेला परिबर्तनको झण्डा लिएर डडेल्धुराको भित्रीमद्येश जोगबुढाबाट बामपन्थी आन्दोलनको मोर्चामा उभिएको एक दलित र गरिब परिवारमा जन्मिएको युबा आज झण्डै ५० बर्षको सेरोफेरोमा पार्टिले प्रतिनिधी सभाको उम्मेदवार बनाएको छ स्नेहीले भने — यो जिल्लाको बिकास र अबस्था संग म चिरपरिचत छु सबै गाँउबस्ती संगको साक्षत्कार छु मतदाताले जिम्मेवारी दिनेछन अबश्य पाच बर्षको अबधीमा जिल्लाको मुहार फेर्र्ने काम गर्ने छु यो मेरो चुनाबी प्रतिबद्धता हो ।
नेकपा एमालेले राष्ट्रिय सभाको सदश्य बनाएर सिहदरबार पठायो तर त्यँहा कानुन निर्माण गर्ने थलो थियो तै पनि मैले जिम्मेवारीमा रहदाँ डडेल्धुराका बिकास र समृद्धीका लागी राष्ट्रिउ सभामा बुलन्द अवाज उठाए, त्यो अहिले पनि संसदमा रेकर्ड छ हेर्न सक्नुहुन्छ भन्दै स्नेहीले भने— भित्रीमद्येशका बाढी पिडितका समस्या हुन या मुक्त हलियाका गास बास र कपासका समस्या हुन र समग्र जिल्लाको बिकास निर्माण र बजेटका सवालमा हुन बारम्बार अवाज उठाएको छु त्यसैले जिल्लाको समग्र बिकास र समृद्धी बनाउनका लागी उम्मेदवारी दिएको पक्कै अनुमोदन गर्ने बिश्वास लिएको छु ।

चुनाब लड्नका लागी होईन काठमाण्डौ आलिशान महल बनाएर बस्नका लागी होईन राज्य दोहनका लागी मेरो उम्मेदवारी होईन म डडेल्धुरामै बस्छु डडेल्धुराकै समस्याका बिषयमा चिन्ता र चासो लिन्छु यही समाजको समृद्धीका लागी राजनितिमा होमिएको हु मैले लिनु दिनु छैन,डडेल्धुराको अशिक्षा,गरिबी,उत्पीडन र बिकास हुन नसक्दा भोग्नु परेका समस्या र पिडाका बिरुद्धमा आफुले उम्मेदवारी दिएको हु स्नेहीले भन्नुभयो— बोली र भाषणले होईन काम गरेर पुष्टी गर्ने सपना छ अबश्य डडेल्धुरेली जनताले पुरा गर्नेछन त्यो मेरो बिश्वास हो । डडेल्धुरा जिल्ला पर्यटकीय हब हुन सक्थ्यो, एयरपोर्ट बन्न सकीरहेको छैन, शिक्षा,स्वास्थ्यका ठुला प्राबिधिक शिक्षालय बन्न सक्थे,ग्रामिण सडकहरु ज्यानमारा छन,बषौै देखि धुलाम्य र कच्ची छन स्तर उन्नती हुन सकेका छैनन,खोलाहरुमा पुल छैनन खानेपानी,सिचाई बिद्यालयका समस्याहरु तडकारो छन त्यसैले यसको समाधान र बिकासका लागी मेरा थुप्र्रै योजना र लक्ष्य छन त्यसैले उम्मेदवारी दिएको हु एमाले नेता स्नेहीले अमरगढी मिडिया संगको साक्षत्कारमा उनले खुलेर आफ्ना योजनाहरु सुनाए ।
धार्मिक आस्था र जंगल सम्पदाले भरिभराउ भएको डडेल्धुरा जिल्ला सुदुरपश्चिमको सात पहाडी जिल्लाको मुख्यद्धार हो तर यहाँका थुप्र्रै सम्भाबना र आबश्यकताहरु ह्ुदा हुर्दै पनि देशको मुख्य बागडोर संघिय राजधानी र संसद संग फेस गर्न सकेनौं बुलन्द अवाज उठाउन सकेनौं चुनाब लड्ने थलोका रुपमा डडेल्धुरा बनायौं बास स्थान काठमाण्र्डौं भयो त्यसैले जिल्लाको बिकास हुन सकेन स्नेहीको गुनासो थियो । जिल्लाले पाच पटक प्रधानमन्त्री पायो त्यो भन्दा पाउनु पर्ने बाकी के रह्यो तर किन हुन सकेन डडेल्धुराको बिकास कहिल्यै हाम्रा प्रतिनिधीसंग भेटेर कुरा राख्ने मौका मिल्यो की मिलेन प्रश्न यो हो उहाँले सबिस्तार गरि भने जिल्लामा बस्ने र जिल्ला प्रतिको माया र मोह भएको ब्यक्तिलाई प्रतिनिधी चुन्न सक्यौं भने यहाको बिकास र अबस्था फेरिन केही समय लाग्दैन नोट गरेर राख्न स्नेहीले आग्रह गर्नुभयो ।
यो पटक शेरबहादुर देउवा डडेल्धुराबाट उम्मेदवार बन्नुभएको छैन उनको पार्र्टीबाट काँग्रेसका य्ुबा नेता नैनसिह महर उम्मेदवार बनेका छन तर काँग्रेस आन्तरिक किचलोमा फसीरहेको छ तर पनि उम्मेदवार उठाएको छ ।

स्नेही जस्तै डडेल्धुराबाट १३ जनाको उम्मेदवारी परेको छ ति उम्मेदवार मध्ये पाको र अनुभबी नेताका रुपमा पुर्ब राष्ट्रिय सभाको सदश्यको जिम्मेवारी समालेका नेता स्नेही हुन भने अर्का नेता स्वतन्त्रबाट सुदुरपश्चिम प्रदेश सभामा डडेल्धुराको निर्बाचन क्षेत्र नं. २ बाट निर्बाचित डा.तारा प्रशाद जोशी २ बर्ष बाँकी हुदै प्रदेश सभाबाट राजिनमा दिएर राष्ट्रिय स्वतन्त्र पाटिबाट प्रतिनिधी सभाका उम्मेदवार बनेका छन । यसैगरी नेपाली कम्युनिष्ट पार्टीले माओबादी युद्धकालिन अबस्थाका कमाण्डर मानसिह माललाई यो पटक उम्मेदवार बनाएको छ । राप्रपाले पार्टिका केन्द्रीय सदश्य गोबिन्द खडायत र जेनजी स्वतन्त्रबाट समाजिक अभियान्ता एबम लोकप्रिय युबा र्गौरब ऐरले उम्मेदवारी दिएपछि डडेल्धुरा जिल्लामा यो पटकको निर्बाचन निकै रोमाञ्चक बन्ने अनुमान गरिएको छ । २०८४ मा हुने निर्बाचन जेनजीको आन्दोलन पछि फेरिएको राजनैतिक परिबर्तनले दुई बर्ष आगावै निर्बाचनमा देश होमिएको बेला जनताले परिबर्तनको पक्षधर र अनुभबी र क्षमतावान ब्यक्तिको बिजयीले मुलुकको संकट समाधान गर्नेगरि मिश्रित चुनाबी परिणाम आउने आकलन गरिएको छ ।
उम्मेदवारहरुले देश बनाउने र जलाउनेहरुका बिचको चुनाब हो भन्दै आफ्ना चुनाबी ऐजेण्डा प्रस्तुत गर्दे आएपनि बैदेशिक हस्तक्षेपको खतरा र स्पष्ट बहुमतको सरकार नहुँदाको समस्या देशले जे भोगीरहेको छ त्यसको समाधान दिने गरि मतदाताहरु त्यार हुन सक्ने सम्भाबना पनि नर्कान सकिदैन । जनताहरु दलहरु प्रतिको ब्यबहार र कार्यशैली प्रति सन्तुष्ट नभएका बेला जेनजीले उठान गरेको आन्दोलन र त्यसपछिका घटनाक्रम प्रति जनता सन्तुष्ट हुन सकेका भने छैनन तर योग्य र क्षमतावान ब्यक्तिले चुनाब जिते मुलुकमा देखा परेको सकट समाधान हुन सक्ला तर त्यो नभए मुलुक झन दुर्घटनामा फस्ने निश्चित देखिन्छ ।


