अमरगढी पोष्ट समाचार
डडेल्धुरा,माघ ११ गते । फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्बाचनमा एमालेका उम्मेदवार जिताउनु नै राष्ट्र र राष्ट्रियता बलियो बनाउनु भएको दाबी गरिएको छ । नेकपा एमालेका नेता एबम राष्ट्रिय सभाका पुर्ब सदश्य डडेल्धुराका प्रत्यक्ष तर्फका उम्मेदवार चक्रप्रशाद स्नेहीले आफ्नो गृह क्षेत्र परशुरामबासीका बिचमा भोट माग्नुहुदै राष्ट्र बचाउने राष्ट्र बिदेशीको हातमा बुझाउनेका बिरुद्धको चुनाब हो जनताले बिबेक पुयाएर मतदान गर्नेमा बिश्वस्त रहेको बताए ।
परशुराम नगरपालिकाका बिभिन्न वार्डहरुका मतदाताहरुका बिचमा पुगेर नेता स्नेहीले एमाले कमजोर बन्नु राष्ट्रका लागी घातक बन्ने दाबी गर्नुहुदै नेपालको भुमि फिर्ता ल्याउछौं अन्याय सहन्नौ भन्दै पुर्ब प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्र संघको महासंभामा सार्बभौम देश ठुलो सानो हुदैन समान ब्यबहार गर्नुपर्नेमा जोड दिएको केही समय नबित्दै जेनजीका नाममा देशलाई खरानी बनाउने काम भयो यो सामन्य बिषय होईन गम्भिर भएर सोच्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।
“पब्लिक डिबेटका लागी एमाले तयार रहेको भन्दै एमाले संग देश बनाउने भिजन छ देश खरानी गर्ने शक्तिहरु संग सम्झौता गरिदैन नेता स्नेहीले भने— देश बनाउने र देश जलाउनेहरु भोट माग्न जनताका माझ आउलान हुलिया पहिचान गरेर मतदान गर्न आग्रह गर्नुभयो ।
राष्ट्रका सन्र्दभमा एमाले स्पष्ट छ देश बनाउने हुटहुटी छ तर एक पटक बहुमतको सरकार बनाउने गरि मतदान गर्नुहोस त्यसपछि भन्नुहोस एमाले पार्टी जनताको हो की बिदेशीको गोटी हो तपाई चिन्न सक्नुहुन्छ एमाले उम्मेदवार स्नेहीले भने— बिदेशीको इसारामा चलेर देश बर्बाद गर्ने केही लुसिफरहरु जनताका घरमा पुग्दैछन खबरदार गर्नुहोस देश बनाउने होईन बिदेशीको पाँउमा देश डुब्न दिदैनौ भनेर प्रतिरोध गर्नका लागी जिल्लाबासीलाई आग्रह गर्नुभयो ।
एमाले जब सरकारमा गयो राष्ट्रको हितमा काम ग¥यो सुकुम्बासीहरुलाई लालपुर्जा दिन भुमि आयोग गठन ग¥यो बिकास निर्माणका ठुला ठुला परियोजनाहरु संचालनमा ल्यायो र बिदेशीशक्तिहरुलाई नेपाल प्रति गिद्धेनजर नलगाउन आग्रह गर्दा एमाले माथि चौतफी हमला भईरहेको छ तर पनि जनताको साथ लिएर शशक्त प्रतिरोध गरिररहेको छ नेता स्नेहीले भन्नुभयो । डडेल्धुराका ५२ वटै वडामा घरदैलो अभियान लिएर एमाले उम्मेदवार स्नेही नेतृत्वको टोली पुगेर एमालेले गरेका बिकास निर्माणका काम देखि राष्ट्रका लागी पुयाएको योगदान सहितको मार्गचित्र र आगामी दिनमा गर्ने कार्ययोजना सहितको चुनाबी घोषणापत्र लिएर छिटै आउदैछौं देश बनाउनेहरुलाई बिजयी गराउन आग्रह गछौं स्नेहीले भने ।



