अमरगढी पोष्ट समाचार
डडेल्धुरा,माघ,११ गते । डडेल्धुरामा स्वतन्त्र उम्मेदवार गोरखबहादुर ऐरले आफ्नो चुनावी सचिवालय औपचारिक रूपमा उद्घाटन गर्नुभएको छ। आइतबार आयोजित कार्यक्रममा स्थानीय अगुवा, युवा तथा समर्थकहरूको उपस्थितिमा सचिवालय उद्घाटन गरिएको हो। उक्त सचिवालयलाई आगामी दिनमा चुनावी अभियान सञ्चालन, मतदाता भेटघाट, जनसरोकार संकलन तथा अभियान व्यवस्थापनको केन्द्रका रूपमा प्रयोग गरिने जनाइएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै ऐरले डडेल्धुरामा सुशासन, पारदर्शिता र विकासलाई केन्द्रमा राखेर जनताको पक्षमा राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागीहरूले स्वतन्त्र उम्मेदवारीले जिल्लामा नयाँ आशा र बहसको वातावरण सिर्जना गरेको प्रतिक्रिया दिएका छन्।



