Amargadhi Post

पत्रकार महासंघको सुदुरपश्चिम प्रदेशको बैठक सम्पन्न ः ६ बुद्धे दोगडाकेदार घोषणापत्र जारी

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,माघ १७ गते । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको बैठक शनिबार बैतडीको दोगडाकेदार गाँउपालिकामा सम्पन्न भएको छ । पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिले बैतडीको ऐतिहासिक देबभुमी दोगडाकेदार गाँउपालिकामा शनिबार बिभिन्न प्रस्ताब पारित गर्दे बैठक सम्पन्न भएको हो । बैठकपछि महासंघले ६ बुद्धे बिशेष प्रस्ताब सहित दोगडाकेदार घोषणापत्र जारी गर्दे सुदुरपश्चिमको पत्रकारीतालाई अझ ब्यस्थित र मर्यादित र जिम्मेवारीबोध गर्ने गरि अघि बढ्ने सकल्प लिएको छ । पत्रकार महासंघको सम्पन्न बैठकले आसन्न फागुन २१ गतेका प्रतिनिधी सभा निर्बाचनमा पत्रकार आचार सहितालाई अक्षरसह पालना गर्न निर्देशित गरिएको छ । देश सघियतामा गएको झण्डै १२ बर्ष बितिसक्दा सम्म पनि सुदुरपश्चिम प्रदेश सरकारले आम संचार बिद्येयक ल्याउन नसकेको प्रति आपत्ती प्रकट गर्दे यथासिघ्र बिद्येयक ल्याउन प्रदेश सरकारलाई आग्रह गरेको छ ।

 साना मझौला लगानीमा संचालीत मिडिया हाउसहरु आर्थिक श्रोतको अभाबमा संकटमा परिरहेको बिषयलाई तिनै तहका सरकारले गम्भिर्यताका साथ लिन नसकेको भन्दै ध्यानाकर्षण प्रस्ताब पारित गरिएको महासंघले जनाएको छ । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकले बिशेष प्रस्ताबका रुपमा बैतडी जिल्ला लगायत समग्र सुदुरपश्चिमको दिगो बिकास सगं जोडिएका तथा राज्यका निकायहरुको आश्वासनमा मात्र सिमित रहेका पञ्चेश्वर परियोजना ,पश्चिम सेती परियोजना र झुलाघाट मोटरेबल पुल निर्माणका लागी पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराएको छ । यसैगरी सुदुरपश्चिमको र्गौरबका आयोजना मध्ये दार्चुलाको तिकर देखि बैतडी डडेल्धुरा हुदै कञ्चनपुर जोड्ने महाकाली करिडोरको काम सुस्त गतिमा भईरहेकाले प्रभाबकारी कार्यान्वयनका लागी सम्बन्धित निकाय संग जोडदार माग गरिएको छ ।
दोगडाकेदार गाँउपालिकामा निर्माण हुन लागेको फास्फोराईड खानीको उत्खनन र सम्भाबित सिमेन्ट खानीको प्रशोधनका लागी उचित बाताबरणको सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ । यसैगरी बैतडी जिल्लामा रहेका एतिहासिक धार्मिक तथा पुरातात्तिवक सम्पदाहरु ( पाताल भुमेश्वर, ग्वालेक संरक्षित क्षेत्र, सिगाँस संरक्षित क्षेत्र, त्रिपुरा सुन्दरी,निगलाशैनी,डिलाशैनी,मेलौली,उदयदेब,रौलाकेदार धाम, लगायतका शक्ति पिठहरुको प्रचार प्रशार,संरक्षण सम्बद्र्धन गर्न तिनै तहका सरकारहरुको गम्भिर ध्यानाकर्षण गराएको छ ।
सुदुरपश्चिम प्रदेश समितिको बैठकमा पत्रकार महासंघका सुदुरपश्चिम प्रदेश अन्र्तगत भुगोलका केन्द्रीय सदश्यहरु,सल्लाकार समितिका सदश्यहरु, बैतडी,डडेल्धुरा,दार्चुला र बझाङका जिल्ला अध्यक्ष सहितको प्रदेश कार्य समितिको पुर्ण बैठक बिबिध बिषयमा ब्यापक छलफल गरि सम्पन्न भएको जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।